Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

दलहरूको एकता र समझादारीले मात्र संविधानको रक्षा : प्रदेश प्रमुख शेरचन


१५ जेष्ठ ,लुम्बिनी । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले अग्रगामी विचार राख्ने दलहरूबीचको बलियो एकता र सहकार्यले मात्र समाजवादको सपना पूरा हुने बताएका छन् ।

उनले गणतन्त्रको मुख्य उद्देश्य र लक्ष्य पनि समाजवाद रहेकाले लक्ष्य हासिल गराउनेतर्फ लाग्न सबैमा अनुरोध गरेका छन् । सोह्रौँ गणतन्त्र दिवसका अवसरमा आज यहाँ जारी गरेको शुभकामना सन्देशमा प्रदेश प्रमुख शेरचनले समुन्नत राष्ट्र निर्माण र जनताको समृद्धि प्राप्त गर्न १९ दिने महान् जनसङ्घर्षमा सहभागी दलहरूको एकता एवं समझादारीले मात्र संविधानको रक्षा र संविधानलाई अपनत्व नलिने तत्वहरूका विरुद्ध बलियो स्तम्भ बन्न सक्ने बताएका छन् ।

“त्यसले मात्र राष्ट्रिय औद्योगिक विकासलाई विस्तार गर्दै आत्मनिर्भर अर्थतन्त्रमा फड्को मार्न सकिने छ”, उनले भनेका छन्, “समाजवादी व्यवस्था स्थापनाका लागि मार्गप्रशस्त हुने छ, सहिदहरूको बलिदान सार्थक हुने छ ।”

नेपाली जनताले प्राप्त गरेको यो सीमित गणतन्त्र दिवसले वंश परम्परामा आधारित निरङ्कुश सामन्ती राजतन्त्रात्मक शासनलाई अन्त्य गरेको दिन भएकाले यो आफैँमा दीर्घ ऐतिहासिक रहेको बताएका छन् ।

“आजैका दिन म के स्पष्ट गराउन चाहन्छु भने प्रतिगमनविरुद्धको सङ्घर्षका बेला तत्कालीन राजतन्त्रसँग सझौता गरेको भन्ने हल्ला विल्कुलै कपोलकल्पित र निराधार हुन”, सन्देशमा भनेका छन्, “प्रतिगमनविरुद्ध सङ्घर्षरत तत्कालीन सात दलका नेताहरूले हस्ताक्षर गरेको सझौतापत्र सार्वजनिक गर्न ती तत्वहरूलाई चुनौती दिन चाहन्छु ।”


प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?