Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

विनोद हत्या प्रकरण : धादिङवेसीमा प्रदर्शन


१४ जेष्ठ ,मलेखु । धादिङको गल्छी गाउँपालिका–८ गल्छीका विनोद थापामगरको आफन्त र स्थानीयले धादिङवेसीमा प्रदर्शन गरेका छन् । गल्छीकै शानदार होटलमा खाजा खान गएका विनोदको क्रुर हत्यामा संलग्नलाई आजीवन जेल सजायको माग राख्दै पीडितका परिवार र आफन्तले प्रदर्शन गरेका हुन् ।

हत्याराको अवैध सम्पत्तिको छानबिन गर्न माग गरेका छन् । हत्यामा संलग्न भएको आरोपमा गल्छीकै शानदार होटलका सञ्चालक सरस्वती पनेरु पण्डित, उनका छोरा नीरज र पाल्पा तानसेन नगरपालिका–१४ घर भई हाल गल्छी–८ बस्दै आएका ३० वर्षीय किरण राना पक्राउ परेका छन् । उनीहरु तीनै जनामाथि अनुसन्धान जारी छ ।

नेपाल मगर सङघको अगुवाइमा भएको प्रदर्शनपछि उनीहरुले धादिङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । अनुसन्धानको क्रममा पीडकले प्रहरी प्रशासन र अदालत आफ्नो पक्षमा पार्न सक्ने आशंका उब्जनी भएकाले दबाब स्वरुप प्रदर्शन गरी प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाइएको गल्छी गाउँपालिकाका वडाध्यक्ष विशाल लुङ्गेली मगरले बताए ।

‘मान्छे मार्न पाइँदैन, आजीवन कारावासको सजाय गर, कानुनी राज्यको प्रत्याभूति गर’ लगायतका प्लेकार्डसहित नारा जुलुस गरेका थिए । शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी गत वैशाख २८ गते राति विनोद विभत्स हत्या भएको थियो ।

पीडितका आफन्तले हत्यामा संलग्न भएको आरोपमा प्रहरी अनुसन्धानमा रहेका होटल सञ्चालक पण्डित, उनका छोरा नीरजमाथि मानव बेचविखन तथा ओसारपसार र देहव्यापारको अभियोगमा मुद्दा दर्ता गराएका छन् ।

पीडितको ज्ञापनपत्र बुझ्दै धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले घटना भए लगत्तैदेखि आफूले नजिकबाट बुझिरहेको जनाउँदै घटनामा संलग्नलाई कानुनअनुसार कडाभन्दा कडा कारबाही हुनेमा विश्वस्त रहन पीडितका परिवार र आफन्तलाई आग्रह गरेका छन् ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?