Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

विनोद हत्या प्रकरण : धादिङवेसीमा प्रदर्शन


१४ जेष्ठ ,मलेखु । धादिङको गल्छी गाउँपालिका–८ गल्छीका विनोद थापामगरको आफन्त र स्थानीयले धादिङवेसीमा प्रदर्शन गरेका छन् । गल्छीकै शानदार होटलमा खाजा खान गएका विनोदको क्रुर हत्यामा संलग्नलाई आजीवन जेल सजायको माग राख्दै पीडितका परिवार र आफन्तले प्रदर्शन गरेका हुन् ।

हत्याराको अवैध सम्पत्तिको छानबिन गर्न माग गरेका छन् । हत्यामा संलग्न भएको आरोपमा गल्छीकै शानदार होटलका सञ्चालक सरस्वती पनेरु पण्डित, उनका छोरा नीरज र पाल्पा तानसेन नगरपालिका–१४ घर भई हाल गल्छी–८ बस्दै आएका ३० वर्षीय किरण राना पक्राउ परेका छन् । उनीहरु तीनै जनामाथि अनुसन्धान जारी छ ।

नेपाल मगर सङघको अगुवाइमा भएको प्रदर्शनपछि उनीहरुले धादिङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । अनुसन्धानको क्रममा पीडकले प्रहरी प्रशासन र अदालत आफ्नो पक्षमा पार्न सक्ने आशंका उब्जनी भएकाले दबाब स्वरुप प्रदर्शन गरी प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाइएको गल्छी गाउँपालिकाका वडाध्यक्ष विशाल लुङ्गेली मगरले बताए ।

‘मान्छे मार्न पाइँदैन, आजीवन कारावासको सजाय गर, कानुनी राज्यको प्रत्याभूति गर’ लगायतका प्लेकार्डसहित नारा जुलुस गरेका थिए । शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी गत वैशाख २८ गते राति विनोद विभत्स हत्या भएको थियो ।

पीडितका आफन्तले हत्यामा संलग्न भएको आरोपमा प्रहरी अनुसन्धानमा रहेका होटल सञ्चालक पण्डित, उनका छोरा नीरजमाथि मानव बेचविखन तथा ओसारपसार र देहव्यापारको अभियोगमा मुद्दा दर्ता गराएका छन् ।

पीडितको ज्ञापनपत्र बुझ्दै धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले घटना भए लगत्तैदेखि आफूले नजिकबाट बुझिरहेको जनाउँदै घटनामा संलग्नलाई कानुनअनुसार कडाभन्दा कडा कारबाही हुनेमा विश्वस्त रहन पीडितका परिवार र आफन्तलाई आग्रह गरेका छन् ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?