Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

अझै सम्पन्न भएन गोदावरी सडक


निर्माण सुरु भएको झण्डै छ वर्ष बित्दा गोदावरी सडक अझै सम्पन्न भइसकेको छैन । उपत्यकामा विस्तारको क्रममा रहेका सडकमध्ये सबैभन्दा कम चौडाइमा कालोपत्र भएको सो सडकको एक खण्डमा काम बाँकी रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । हात्तीबन कर्मनाशा खोलाबाट गोदावरी कुण्डसम्मको सडक निर्माण सम्पन्न गर्न सम्बन्धित वडा कार्यालयसँग समन्वय भइरहेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताउनुभयो । उहाँका अनुसार त्यहाँको वडाध्यक्षले काम गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएकाले त्यसलाई सम्पन्न गर्न सकिने देखिएको छ ।

झण्डै दुई सय मिटर सडकमा समस्या रहेकामा त्यसलाई टुङ्ग्याउन लागिएको हो । उहाँले भन्नुभयो, “त्यहाँ सम्पन्न गर्न सकियो भन्ने अरुतिरको सडक क्लियर छ ।” साँघुरो सडक फराकिलो बनाएर कालोपत्र गर्ने गरी ठेक्का गरिएको भए पनि चौडाइ बढाउन नसकिएपछि कम चौडाइमा नै कालोपत्र गर्न लागिएको सूचना अधिकारी जोशीले बताउनुभयो । बीस मिटर चौडा गर्ने गरी ठेक्का सम्झौता भएकामा अहिले कतै पाँच त कतै त्योभन्दा कम चौडाइमा कालोपत्र भइरहेको छ । कतैकतै एउटा गाडी मात्रै सजिलै हिँड्न सक्ने रहेको छ । हरिसिद्धिको घुम्ती नजिकैको सडक सबैभन्दा साँघुरो रहेको सूचना अधिकारी जोशीले बताउनुभयो । चारैतिर घर र मन्दिर भएको सो ठाउँमा चौडाइ पाँच मिटरभन्दा कम छ । ठेक्का भएको लामो समय भएकाले र सरकारको निर्णयअनुसार नै जति उपलब्ध छ त्यतिमै कालोपत्र गरेर पनि ठेक्का टुङ्गाउन लागिएको उहाँले बताउनुभयो । ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा पर्ने सो सडक लामो समयसम्म सम्पन्न नहुँदा स्थानीयवासीले दुःख पाएका थिए । छ वर्ष पहिले विस्तार सुरु गरिएको सो सडकमा सुरुका वर्षमा चौडाइ विवादका कारण निर्माण अघि बढ्न सकेको थिएन । तीन वर्ष पहिले सरकारले उपलब्ध चौडाइमा नै निर्माण गर्ने निर्णय भएपछि भने निर्माण अघि बढाइएको हो । सो सडक २० मिटर चौडा गर्न नसकिएपछि १६ मिटर चौडाइ कायम गर्ने गरी जनप्रतिनिधि, स्थानीयवासी र आयोजनाबीच सहमति भएको थियो । त्यसपछि आआफ्नो जग्गा पर्ने स्थानीयवासीले सडकका लागि जग्गा दिन नमानेपछि लामो समय सडक निर्माण अवरुद्ध रहेको थियो । सो सडकमा गोदावरीको नजिकै झण्डै साढे तीन किमी सडक मात्रै १६ मिटर चौडाइ कायम भएको छ ।

वनस्पति उद्यान र प्रकृतिक सुन्दरताका कारण गोदावरी पुग्ने पर्यटकलाई समेत असर पुगेको छ । सरकारले निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ठूला कार्यक्रमको आयोजना गरिने भए पनि आवतजावतमा समस्या रहेको थियो । विस्तारका क्रममा रहेको सडकमा कर्मनाशा खोलाबाट हरिसिद्धिसम्म ललितपुर महानगरपालिका पर्छ भने साविकको ठंैव र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ । सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो । सडक निर्माणको ठेक्का आशिष सिएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिइएको छ ।


प्रकाशित मिति: ९ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?