Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

छानबिनमा सरकारले हस्तक्षेप गर्नु हुँदैन : झलनाथ खनाल


१४ जेठ, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नक्कली शरणार्थी छानबिनमा सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताएका छन् । काठमाडौँ सिन्धुपाल्चोक सम्पर्क कमिटीले शनबार आयोजना गरेको कार्यक्रममा उनले सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा आफ्नो पार्टीले साथ नदिने बताए ।

उक्त घटनाको निष्पक्ष छानबिनमा सरकार संवेदनशील हुनुपर्नेमा जोड दिँदै सङ्गठित अपराधका रूपमा रहेको उक्त विषय राष्ट्रका विरुद्ध रहेको बताए । कम्युनिष्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही कार्यमा क्रियाशील रहेकामा चिन्ता व्यक्त गर्दै उनले कानून सबैलाई समान रहेकाले घटनामा उच्च ओहोदामा रहेका तथा सामान्य व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले ठूला तीन दलको छलफलपछि छानबिनलाई प्रभावित बनाएर केही दोषीलाई उन्मुक्ति दिने आशङ्का जनताले गरिरहेको भन्दै त्यसप्रति सचेत रहन आग्रह गरे ।

नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कतिपय व्यवहारबाट आफ्नो पार्टी सन्तुष्ट नरहेकाले ध्यानाकर्षण गराउनु पार्टीको कर्तव्य रहेको बताए । उनले अहिले साना छरिएका समान विचार भएका कम्युनिष्ट शक्तिलाई एकताबद्ध गरी एउटा बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि छलफल चलिरहेको जानकारी दिए ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?