Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सूचनाको हक भ्रष्टाचार नियन्त्रणको उपयुक्त माध्यम


१३ जेष्ठ ,काठमाडौँ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक भ्रष्टाचार नियन्त्रणको उपयुक्त माध्यम भएको बताएका छन् ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सूचना आयोगको सहयोगमा आजदेखि राजधानीमा सुरु गरको दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा उनले शासन पद्धतिलाई जिम्मेवार बनाउन सूचनाको हकसम्बन्धी कानुनको महत्वपूर्ण भूमिका रहने बताए ।

विभिन्न संस्थाको पहलमा आएको सूचनाको हकसम्बन्धी कानुनले नागरिकको सुसूचित हुने अधिकार सुरक्षित गरी भ्रष्टाचार नियन्त्रणमा सहयोग गरेको प्रमुख आयुक्त गुरुङको भनाइ थियो ।

नागरिकलाई सबै निकायमा सूचना माग्ने अधिकार रहेकाले त्यसको उपयोग सबैले गर्नुपर्नेमा उनले जोड दिए । महासङ्घका अध्यक्ष उमिद बागचन्दले प्रशिक्षक प्रशिक्षणमा सातै प्रदेशका २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिए ।

प्रशिक्षार्थीले तालिमपछि देशभर सूचनाको हकसम्बन्धी चेतना जगाउँदै अभियानका रूपमा जागरणमूलक प्रशिक्षण दिने उनको भनाइ थियो । तालिम आइतबारसम्म सञ्चालन हुनेछ ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?