Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

सूचनाको हक भ्रष्टाचार नियन्त्रणको उपयुक्त माध्यम


१३ जेष्ठ ,काठमाडौँ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक भ्रष्टाचार नियन्त्रणको उपयुक्त माध्यम भएको बताएका छन् ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सूचना आयोगको सहयोगमा आजदेखि राजधानीमा सुरु गरको दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा उनले शासन पद्धतिलाई जिम्मेवार बनाउन सूचनाको हकसम्बन्धी कानुनको महत्वपूर्ण भूमिका रहने बताए ।

विभिन्न संस्थाको पहलमा आएको सूचनाको हकसम्बन्धी कानुनले नागरिकको सुसूचित हुने अधिकार सुरक्षित गरी भ्रष्टाचार नियन्त्रणमा सहयोग गरेको प्रमुख आयुक्त गुरुङको भनाइ थियो ।

नागरिकलाई सबै निकायमा सूचना माग्ने अधिकार रहेकाले त्यसको उपयोग सबैले गर्नुपर्नेमा उनले जोड दिए । महासङ्घका अध्यक्ष उमिद बागचन्दले प्रशिक्षक प्रशिक्षणमा सातै प्रदेशका २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिए ।

प्रशिक्षार्थीले तालिमपछि देशभर सूचनाको हकसम्बन्धी चेतना जगाउँदै अभियानका रूपमा जागरणमूलक प्रशिक्षण दिने उनको भनाइ थियो । तालिम आइतबारसम्म सञ्चालन हुनेछ ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?