Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

पशुपति क्षेत्रमा सरसफाइ


१३ जेठ, काठमाडाैँ । ‘स्वच्छ पशुपति सफा पशुपति, हाम्रो पशुपति राम्रो पशुपति’ भन्ने मूल नारासहित ‘पशुपति क्षेत्र सरसफाइ अभियान, २०८०’ सुरु गरिएको छ । अभियानको पहिलो दिन आज पशुपति मन्दिर क्षेत्रमा बृहत् सरसफाइ गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा गणतन्त्र स्मारक व्यवस्थान तथा सञ्चालन विकास समिति, काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, पर्यटन विभाग, पर्यटन प्रहरी कार्यालय, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल प्रहरी श्रीमती सङ्घ, पशुपति सेवा विकास संस्था, नेकपा (माओवादी केन्द्र) महानगर कमिटी र रोटरी क्लबलगायत सङ्घसंस्था आ–आफ्नो ब्यानरसहित आज सरसफाइमा सहभागी भएका थिए । सरसफाई बिहान ८ देखि १० बजेसम्म सञ्चालन गरिएको थियो ।

पशुपति क्षेत्रमा आज सरसफाइ गर्नुका साथै वृक्षरोपण पनि गरिएको थियो । सो अवसरमा पर्यटनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्रमा ७२ फिटको राष्ट्रिय झन्डाको शिल्यान्यास गरे । इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले नेपालको संस्कृति र सम्पदालाई जीवन्त जोगाइराख्नका लागि हरेक हप्ता पशुपति क्षेत्रमा सरसफाइ गर्न जरुरी रहेको बताए । पशुपति क्षेत्रलाई प्लास्टिकमुक्त क्षेत्र बनाउनुपर्ने उनको भनाइ थियो ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?