Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

बाँदर नियन्त्रणको माग राख्दै धादिङका किसान आन्दोलित


१२ जेष्ठ ,मलेखु । खेतबारीमा लगाएको अन्नपात र फलफूल बाँदरले सखाप पारेपछि धादिङका किसान आन्दोलित भएका छन् । वर्षभरि खाने अन्नपात फल लाग्ने बेला बाँदरले वर्षेनी नाश बनाउने क्रम झन बढ्न थालेको किसानले बताएका छन् ।

बाँदरले नष्ट पारेको मकैको बोटसहित शुक्रबार धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानी आसपासका किसानले सदरमुकाम धादिङवेसीमा प्रदर्शन गरेका छन् । मकैको बोटको माला बनाएर घाँटीमा झुण्डाउँदै प्रदर्शनमा उत्रिएका किसानले कृषि मन्त्रीको राजीनामा माग गरेका छन् ।

विगत वर्षदेखि नै बाँदर नियन्त्रणको लागि माग गर्नै आए पनि कुनै पनि सरकारले बेवास्था गरेको उनीहरुको भनाइ छ । वर्षेनी खेतबारीमा लगाएको अन्न र फलफूल बाँदरले नष्ट पारिदिएपछि किसान चिन्तित भएका हुन् । “बारीमा बाँदरले मकै भाँचेको देखेर आँसु आउँछ ।” बाँदर नियन्त्रणको माग गर्दै शुक्रबार धादिङवेसी आइपुगेकी टिकाकुमारी श्रेष्ठ भन्छिन्, “बारीमा जे लगाए पनि बाँदरबाट जोगाउन सकिदैन, वर्षेनी दुःख गर्यो फल खान पाइएन, यो वर्ष पनि अनिकाल पर्ने भयो ।”

अहिले मकैमा चमरा लाग्ने बेला भएको छ । निगालपानी आसपासका किसानले लगाएमो मकैमा बाँदरको रजाइ छ । “दुःख गर्यो, मल हाल्यो खेती गर्यो, हुर्कायो । आउला खाउँला, छाक टारौला भन्यो वर्षेनी बाँदरले सखाप बनाउँछ”, किसान देवीप्रसाद रिजाल भन्छन्, “हाम्रो समस्यालाई सरकारले ध्यान दिएन, कि बाँदर नियन्त्रण गरियोस् कि हाम्रो खानेकुराको व्यवस्थापन सरकारले गरिदियोस् ।” बाँदरले मकै नाश गरेको मकैको बोटकै माला लगाएर किसान सदरमुकाम धादिङवेशीमा रहेका सरकारी कार्यालयको गेट गेटमै नारा लगाउँदै हिँडेका हुन् ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?