Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

शान्ति सैनिक दिवस : प्रधानसेनापति शर्माद्वारा राष्ट्रसङ्घको झण्डोत्तोलन


१२ जेष्ठ ,काभ्रे । प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्रसङ्घको विश्व शान्तिकार्यको उद्देश्य पूरा गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताएका छन् । काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा आज आयोजित अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक दिवस समारोहमा उनले शान्ति स्थापनामा सेनाको सहभागिताले नेपालको प्रतिष्ठा बढाउन योगदान पुर्याएको उल्लेख गरे ।

समारोहमा प्रधानसेनापति शर्माले त्यहाँस्थित वीर स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै राष्ट्रसङ्घ शान्ति सेनाको झण्डोत्तोलन गरे । शान्तिकार्य निर्देशक सन्तोषबल्लभ पौडेलले विश्वभर राष्ट्रसङ्घले विश्वशान्ति जस्तो पवित्र कार्यका लागि नेपाली सेनाले देखाएको विशिष्ट आँट, योगदान र बलिदानका लागि मान्यता प्रदान गरेको बताए ।

समारोहमा प्रधानसेनापति शर्माले विश्व शान्तिकार्यमा परिचालित हुने क्रममा बलिदानी दिने साहसिक सैनिकका परिवार र योद्धालाई पदक र कदरपत्र प्रदान गरी सम्मान गरे । राष्ट्रसङ्घको निस्वार्थ शान्तिकार्यमा योगदान पु¥याउने मरणोपरान्त सैनिक, प्रहरी र नागरिकलाई राष्ट्रसङ्घका पूर्वमहासचिव ड्याग ह्यामर सोल्डका नाममा स्थापित पदक र प्रमाणपत्र प्रदान गरिएको हो ।

उक्त सम्मान शान्ति मिसनमा खटिँदाको अवस्थामा वीरगति प्राप्त गर्ने सवारी साधनका प्राविधिक पिताम्बर थापा, सिपाही दीपेन्द्र वस्ती र पशुपति कार्कीका धर्मपत्नीलाई प्रदान गरियो । समारोहमा सहसेनानी कैलाशकुमार बस्नेत, जमदार गोविन्द थापा र हुद्दा हिक्मत तामाङलाई सम्मानपत्र प्रदान गरिएको थियो । नेपाली सेनाले विगत ६८ वर्षको अवधिमा विश्वका ४४ शान्ति मिसनमा खटिई योगदान पुर्याइसकेको छ ।

हालसम्म एक लाख ४५ हजार तीन सय ५६ शान्ति सैनिकले राष्ट्रसङ्घको शान्ति पदक प्राप्त गरिसकेका छन् । विश्व शान्ति स्थापनाकार्यमा हालसम्म ७२ सैनिकको वीरगति प्राप्त भइसकेको छ भने ६६ जना घाइते भएका छन् । हाल विश्वका विभिन्न मुलुकमा स्थापना भएका १३ शान्ति मिसनमा पाँच सय २९ महिलासहित छ हजार ५७ नेपाली शान्ति सैनिक परिचालित छन् ।

राष्ट्रसङ्घबाट अनुरोध भई आएमा एकै पटक १० हजारको सङ्ख्यामा शान्ति सैनिक खटाउन सक्ने नेपालले यसअघि नै प्रतिबद्धता जनाइसकेको छ । विश्व शान्तिका लागि धेरै सैनिक खटाउने मुुलुकको सूचीमा नेपाल हाल दोस्रो वरियतामा छ । वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा शान्ति स्थापनाकार्यका लागि खटिने विश्वका विभिन्न देशका सैनिक तालिमरत छन् । उक्त तालिम केन्द्रलाई ‘सेन्टर अफ एक्सिलेन्स’ का रूपमा विकास गर्ने लक्ष्य छ । उक्त सेन्टरबाट तालिम प्राप्त हाल छ हजार सैनिक कार्यक्षेत्रमा परिचालित छन् ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?