Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

स्थानीय तहका जनप्रतिनिधिका लागि एमालेको अनुशिक्षण


१२ जेठ, काठमाडाैँ । नेकपा (एमाले) ले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि आजदेखि दुईदिने अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

सो पार्टीको केन्द्रीय स्कुल विभाग र स्थानीय विकास विभागको संयुक्त आयोजनामा तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासलमा आयोजित दोस्रो अनुशिक्षण कार्यक्रममा स्थानीय तहमा बजेट निर्माण गर्ने समय आएको सन्दर्भमा पार्टीका अध्यक्ष केपी शर्मा ओली, पार्टीका नेताहरू र  विभिन्न विषयविज्ञबाट प्रशिक्षण दिइने छ ।

कार्यक्रममा पार्टीबाट स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुख गरी करिब चार सयको सहभागिता रहने छ । जनप्रतिनिधिलाई स्थानीय तहको अन्तरसम्बन्ध, समन्वय र साझेदारी तथा पार्टीको भूमिका विषय, स्थानीय तहमा रोजगारी, श्रम र उत्पादनशीलता स्थानीय तह सञ्चालनसम्बन्धी निर्देशिका तथा अन्य कार्ययोजनाका विषयमा प्रशिक्षण दिइनेछ ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?