Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

वडास्तरीय फुटबल : पोखरा–१४ लाई उपाधि


१२ जेष्ठ ,गण्डकी । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ । पोखरा रङ्गशालामा बिहीबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १५ लाई ४–० गोलान्तरले हराउँदै वडा नम्बर १४ विजयी बनेको हो ।

वडा नम्बर १४ का लागि आशिष कार्की, सिद्धान्त गुरूङ, प्रताप गुरूङ र यामबहादुर श्रेष्ठले गोल गरे । यामबहादुर खेलको म्यान अफ दी म्याच घोषित भए । विजेता वडा नम्बर १४ ले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्यो ।

उपविजेता वडा नम्बर १५ ले रु एक लाख प्राप्त ग¥यो । वडा नम्बर १४ का आशिष कार्की प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भइ रु १५ हजार पुरस्कार पाए । त्यस्तै वडा नम्बर १४ कै रामचन्द्र नेपाली उत्कृष्ट गोलरक्षक, निश्चल तुलाचन उत्कृष्ट डिफेन्डर, यामबहादुर श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र भण्डारी उत्कृष्ट प्रशिक्षक घोषित भए ।

प्रतियोगितामा वडा नम्बर १५ का विशाल गुरूङ उत्कृष्ट फरवार्ड घोषित भए । उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ । विजेता खेलाडी तथा प्रशिक्षकलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुरस्कार वितरण गरे ।

कास्की जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा भएको उक्त प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडा सहभागी थिए ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?