Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

कृषकलाई मौरीसहितको घार


१२ जेष्ठ ,तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीस्वाराका कृषकलाई मौरीसहितको घार वितरण गरिएको छ । समूहमा आबद्व ४६ कृषकलाई मौरीसहितको घार वितरण गरिएको हो ।

ग्रामीण पोषण सुरक्षण कार्यक्रमअन्तर्गत कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी र म्याग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले कृषकलाई घार हस्तान्तरण गरे ।

कृषकलाई कृषि पेसामा आकर्षित गराउन अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखिएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए ।

मौरीपालनसम्बन्धी स्थलगत तालिम तथा अभिमुखीकरण कार्यक्रममा सहभागी भएका कृषकलाई मौरीसहितको घार अनुदानमा वितरण गरिएको हो । कृषकको आयआर्जनमा वृद्वि गराई आर्थिक क्षेत्रमा सबल बनाउन सरकारले अनुदान कार्यक्रमलाई जोड दिँदै आएको छ ।

कृषकलाई कुटानी पिसानी, हाते ट्याक्टर, कृषिऔजार, बीउबिजनलगायत ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ । अनुदान दिन थालेपछि पछिल्लो समय व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको पाइन्छ ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?