Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम जनतासँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे


११ जेष्ठ ,गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम जनतासँग जोडिनुपर्ने बताएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहजीकरणमा आज पोखरामा आयोजित नेपाल सरकार, प्रदेश सरकार र विकास साझेदार बीचको अन्तरक्रियामा उनले जनताको आर्थिक तथा सामाजिक पक्ष कसरी अभिवृद्धि गर्न सकिन्छ भन्नेतर्फ कार्यक्रम केन्द्रित हुनुपर्ने बताए ।

प्रदेश र स्थानीय तह मिलेर जनताको रोजगारी कार्यक्रम कसरी अघि बढाउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पाण्डेले अबका कार्यक्रम आर्थिक अभिवृद्धिसँगै पूर्वाधारको विकास आदितर्फ केन्द्रित हुनुपर्ने बताए। कार्यक्रम सञ्चालन भइरहँदा स्वास्थ्यको क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा कृष्णहरि पुस्करले सरोकारवाला बीचको छलफल एवं अन्तरक्रियाका आधारमा आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने गरी अघि बढाइने बताए ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सम्बन्धमा जानकारी दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव स्कीम श्रेष्ठले यो कार्यक्रम संविधान बमोजिम सङ्घीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहेको बताए । प्रदेश र स्थानीय शासन प्रणाली र प्रक्रिया एवं अन्तर सरकारी सम्बन्ध सुदृढ गरी नागरिकका लागि सहकारी सङ्घीयताका लाभ अभिवृद्धि गरानु कार्यक्रमको उद्देश्य रहेको उनले जानकारी दिए ।

प्रादेशिक तथा स्थानीय तहको क्षमता अभिवृद्धि गरी नागरिक सेवा र विकास व्यवस्थापनलाई प्रभावकारी बनाउनु पनि कार्यक्रमको उद्देश्य रहेको उनले बताए । गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिव मनमाया पगेनी, नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा कृष्ण देवकोटालगायतले कार्यक्रमलाई परिणाममुखी बनाउने किसिमले अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।


प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?