Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम जनतासँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे


११ जेष्ठ ,गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम जनतासँग जोडिनुपर्ने बताएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहजीकरणमा आज पोखरामा आयोजित नेपाल सरकार, प्रदेश सरकार र विकास साझेदार बीचको अन्तरक्रियामा उनले जनताको आर्थिक तथा सामाजिक पक्ष कसरी अभिवृद्धि गर्न सकिन्छ भन्नेतर्फ कार्यक्रम केन्द्रित हुनुपर्ने बताए ।

प्रदेश र स्थानीय तह मिलेर जनताको रोजगारी कार्यक्रम कसरी अघि बढाउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पाण्डेले अबका कार्यक्रम आर्थिक अभिवृद्धिसँगै पूर्वाधारको विकास आदितर्फ केन्द्रित हुनुपर्ने बताए। कार्यक्रम सञ्चालन भइरहँदा स्वास्थ्यको क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा कृष्णहरि पुस्करले सरोकारवाला बीचको छलफल एवं अन्तरक्रियाका आधारमा आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने गरी अघि बढाइने बताए ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सम्बन्धमा जानकारी दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव स्कीम श्रेष्ठले यो कार्यक्रम संविधान बमोजिम सङ्घीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहेको बताए । प्रदेश र स्थानीय शासन प्रणाली र प्रक्रिया एवं अन्तर सरकारी सम्बन्ध सुदृढ गरी नागरिकका लागि सहकारी सङ्घीयताका लाभ अभिवृद्धि गरानु कार्यक्रमको उद्देश्य रहेको उनले जानकारी दिए ।

प्रादेशिक तथा स्थानीय तहको क्षमता अभिवृद्धि गरी नागरिक सेवा र विकास व्यवस्थापनलाई प्रभावकारी बनाउनु पनि कार्यक्रमको उद्देश्य रहेको उनले बताए । गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिव मनमाया पगेनी, नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा कृष्ण देवकोटालगायतले कार्यक्रमलाई परिणाममुखी बनाउने किसिमले अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।


प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?