Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिने


११ जेठ, खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरस्तरीय वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले गत चैतमा सञ्चालन गरेको वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको हो ।

नगरपालिकाले सञ्चालन गरेको शैक्षिकसत्र २०७९ को वार्षिक परीक्षाअन्तर्गत कक्षा ६–९ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा हलेसी तुवाचुङ–१० अर्खौलेस्थित सरस्वती मावि पहिलो भएको छ । सो विद्यालयलाई रु दुई लाख प्रदान गरिने छ ।

यस्तै हलेसी तुवाचुङ–१ बाहुनीडाँडाको कालिका मावि दोस्रो तथा हलेसी तुवाचुङ–९ धितुङस्थित बुलापन्थे मावि तेस्रो भए । दुवैलाई क्रमशः रु ५० हजार र २० हजार प्रदान गर्ने निर्णय गरिएको नगर शिक्षा शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिए ।

यस्तै कक्षा ४–५ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा हलेसी तुवाचुङ–४ बडहरेस्थित खोक्सेली विद्यालय प्रथम, सोही वडाका बोझेओडार र हलेसी तुवाचुङ–१ बाहुनीडाँडाको जनचेतना विद्यालय तेस्रो भए । ती विद्यालयलाई क्रमशः रु ५० हजार, रु २० हजार र रु १० हजार प्रदान गरिने छ ।

यस्तै कक्षा ६–८ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा हलेसी तुवाचुङ–२ डिकुवास्थित डिकुवा विद्यालय प्रथम, वडा नं ४ बडहरेको शान्ति आधारभूत विद्यालय दोस्रो र वडा नं ११ राजापानीको हिमगङ्गा आधारभूत विद्यालय तेस्रो भए । उनीहरुले क्रमशः रु ५५ हजार, २५ हजार र १५ हजार पुरस्कार प्रदान गरिने छ ।

११ वडा रहेको हलेसी तुवाचुङमा वडा नं ५ दुर्छिमस्थित दामोदरमहासिंह आधारभूत विद्यालय दुर्छिमकी ब्रोलिजा राई प्रथम, हिमगङ्गाका भविन पुरी, बुलापन्थे मावि धितुङकी सुजना राई, बुलापन्थे मावि धितुङकै अनिल कटवाल, लक्ष्मी मावि बडहरेका गणेश दाहाल र  महेन्द्रोदय मावि महादेवस्थानका दया राई पहिलो भए । उनीहरुले जनही रु  १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।


प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?