Trending
>>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित)
Logo
२४ कार्तिक २०८३, मंगलवार
२४ कार्तिक २०८३, मंगलवार

बनेपा बसपार्क : पैँतिस वर्षपछि सञ्चालन


१० जेष्ठ ,काभ्रे । निर्माणको ३५ वर्षपछि काभ्रेपलाञ्चोकको बनेपा बसपार्क आजदेखि सञ्चालनमा ल्याइएको छ । चालिसको दशक सुरुआतमै अरनिको राजमार्गमा सवारीको सङ्ख्या बढ्न थालेपछि बनेपा नगरपालिका–८ स्थित नगर कार्यालयसँगै बसपार्क निर्माण गरिएको थियो ।

विसं २०१७ मा अरनिको राजमार्ग निर्माण भएपछि मध्यपहाडी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रूपमा रहेको बनेपा नगरका अधिकांश स्थानीयले यातायातलाई मूल व्यवसाय बनाएपछि विसं २०४५ मा बसपार्क निर्माण गरिएको थियो । बनेपा नगर क्षेत्रभित्रका यातायात व्यवस्थापन तथा बसपार्क सञ्चालन बारे यातायात व्यवसायी तथा यातायात मजदुर सङ्गठनका प्रतिनिधिसहितको गत हप्ताको बैठकले छलफलसहितको आवश्यक प्रक्रिया अघि बढाएको नगरप्रमुख शान्तिरत्न शाक्यले बताए ।

उनका अनुसार हाल राजमार्गमा सवारी चाप बढ्न थालेपछि आजदेखि पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो । यसअघि बनेपा चारदोबाटोस्थित सडक छेउमा यात्रुवाहक सवारी रोक्ने तथा पार्किङ गर्ने गरिएको थियो । शाक्यले भने, “लामो समय सञ्चालनमा नआएको बसपार्क ट्राफिक प्रहरीसँगको समन्वयमा आजदेखि पूर्णरूपमा सञ्चालनमा ल्याएका छौँ ।”

उक्त बसपार्क २०४९ सालमा पक्की बनाएसँगै नगरले बसपार्कको दायाबाँया सटर–कवल बनाई होटललगायत व्यवसायका लागि भाडामा दिँदै आएको छ । यातायात व्यवसायी तथा यातायात मजदुर सङ्गठनका प्रतिनिधि तथा बनेपा नगरका जनप्रतिनिधिको उपस्थितिमा आजदेखि बसपार्क सञ्चालनमा ल्याइएको हो ।

मध्यपहाडी जिल्लाको मुख्य व्यापारिक केन्द्रका रूपमा अवस्थित बनेपालाई यातायात नगरीको नामले समेत चिनिने गरिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अरनिको राजमार्ग भएर सञ्चालन हुने सबै यात्रुवाहक बस बनेपा बसपार्क प्रवेश गरेर यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाएको छ ।

यस्तै नगरको बसपार्क सञ्चालनार्थ कार्ययोजनाअनुसार सवारी चाप व्यवस्थापन गर्न अरनिको राजमार्ग बनेपा सडकखण्डअन्तर्गत हाललाई बसपार्क प्रवेश गर्ने पश्चिमतर्फको प्रवेश मार्गदेखि तीनदोबाटोसम्म र चाँदनी चोकदेखि चारदोबाटोसम्मको दक्षिणतर्फको सर्भिस ट्र्याक खाली गराई सोही ट्र्याकबाट बस सञ्चालनमा ल्याइएको छ ।

यसैगरी बनेपाबाट विभिन्न स्थानका लागि छुट्ने यात्रुवाहक सवारी बसपार्कबाट मात्रै छुट्ने तथा नीजि सवारीका साधन र डिटेनमा रहने बस बसपार्कमा राख्न नपाउने नियम बनाइएको छ ।

यसअघि बसपार्कको दक्षिणी क्षेत्रमा बनेपाबाट जिल्लाभित्रका छोटो दूरी, पूर्व–पश्चिम लामो दूरीका लागि छुट्ने यात्रुवाहक बस तथा टिपर पार्किङ गर्दै आइएको थियो । बसपार्कमा पार्किङ क्षेत्र तथा यात्रु ओराल्ने र चढाउने दुईतर्फी लेन रहेको छ ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?