Trending
>>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

‘आरआरआर’ फिल्मका खलनायक रे स्टिभेन्सनको निधन


१० जेठ, एजेन्सी । हलिउड अभिनेता रे स्टिभेन्सनको निधन भएको छ । ‘आरआरआर’, ‘थोर’, ‘डाइभर्जेन्ट’ फिल्मसहित टिभी र एनिमेटेड सिरिजका दिग्गज अभिनेता स्टिभेन्सनको आइतबार ५८ वर्षको उमेरमा निधन भएको हो ।

यस्तै, उनि एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म ‘आरआरआर’ का अभिनेताको रुपमासमेत चिनिन्छन् । उनले यस दक्षिण भारतीय फिल्ममा स्टन बक्स्टन नामक खलपात्रको भूमिकामा अभिनय गरेका थिए ।

यसबाहेक उनलाई हलिउडको चर्चित मार्बल फिल्म ‘थोर’मा समेत देख्न सकिन्छ । उनि डिज्नी प्लसको आगामी फिल्म ‘अशोका’मा अभिनय गर्ने तयारीमा थिए ।

२५ मे १९६४ मा उत्तरी आयरल्याण्डको लिस्बर्नमा जन्मिएका स्टिभेन्सनले १९९० को दशकको प्रारम्भमा युरोपेली टिभी शृङ्खला र टेलिफिल्मबाट कला यात्रा सुरु गरेका थिए ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?