Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

‘आरआरआर’ फिल्मका खलनायक रे स्टिभेन्सनको निधन


१० जेठ, एजेन्सी । हलिउड अभिनेता रे स्टिभेन्सनको निधन भएको छ । ‘आरआरआर’, ‘थोर’, ‘डाइभर्जेन्ट’ फिल्मसहित टिभी र एनिमेटेड सिरिजका दिग्गज अभिनेता स्टिभेन्सनको आइतबार ५८ वर्षको उमेरमा निधन भएको हो ।

यस्तै, उनि एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म ‘आरआरआर’ का अभिनेताको रुपमासमेत चिनिन्छन् । उनले यस दक्षिण भारतीय फिल्ममा स्टन बक्स्टन नामक खलपात्रको भूमिकामा अभिनय गरेका थिए ।

यसबाहेक उनलाई हलिउडको चर्चित मार्बल फिल्म ‘थोर’मा समेत देख्न सकिन्छ । उनि डिज्नी प्लसको आगामी फिल्म ‘अशोका’मा अभिनय गर्ने तयारीमा थिए ।

२५ मे १९६४ मा उत्तरी आयरल्याण्डको लिस्बर्नमा जन्मिएका स्टिभेन्सनले १९९० को दशकको प्रारम्भमा युरोपेली टिभी शृङ्खला र टेलिफिल्मबाट कला यात्रा सुरु गरेका थिए ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?