Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

थाइल्याण्डमा विद्यालयको छाना खस्दा ७ जनाको मृत्यु, २३ जना घाइते


१० जेठ, एजेन्सी । उत्तरी थाइल्याण्डमा विद्यालयको खेलकुद भवनको छाना भत्किँदा सात जनाको मृत्यु हुनाका साथै अन्य २३ जना घाइते भएका छन्। थाई सरकारका प्रवक्ताले मङ्गलबार विज्ञप्तिमार्फत सो घटनाको जानकारी दिएका छन्।

दुर्घटना बेलुका करिब ७:०० बजे भएको थियो। स्थानीय समय अनुसार सोमबार फिचित प्रान्तको एक प्राथमिक विद्यालयको खेलकुद भवनको छाना भारी वर्षाका कारण भत्किएको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ।

प्रधानमन्त्री प्रयुत चान-ओ-चाले दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै बेपत्ताको खोजी कार्यलाई प्राथमिकतामा राख्न, क्षतिको विवरण सङ्कलन गर्न र पीडितलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

स्थानीय सञ्चार माध्यमहरूले आँधीले भवनको धातुको छानामा क्षति पुर्याउदा सम्पूर्ण संरचना भत्किएको उल्लेख गरेका छन्।

छानो खसेपछि विद्यार्थी, अभिभावक र विद्यालयका कर्मचारीहरू भग्नावशेषमा फसेका थिए।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?