Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

वडास्तरीय फुटबल : सेमिफाइनलका खेल आज


१० जेष्ठ ,गण्डकी । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा जारी वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलका खेल आजदेखि हुनेछन् ।मङ्गलबार सम्पन्न खेलमा पोखरा–१५, पोखरा–३०, पोखरा–१४ र पोखरा–२७ वडाको टोली विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् ।

खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काका अनुसार वडा नं १५ ले वडा नं १३ लाई ४–१, वडा नं ३० ले वडा नं ८ लाई ३–२, वडा नं १४ ले वडा नं ३२ लाई २–० तथा वडा नं २७ ले वडा नं २४ लाई ४–३ गोलअन्तरले पराजित गरेका थिए ।

आज पहिलो सेमिफाइनल खेल वडा नं १५ र ३० बीच तथा दोस्रो सेमिफाइनल खेल वडा नं १४ र २७ बीच पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने छ । कास्की जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता छ ।

विजेताले रु एक लाख ५० तथा उपविजेताले रु एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने सदस्यसचिव खड्काले जानकारी दिनुभयोए । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु १५ हजार तथा उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

फाइनल खेल बिहीबार पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?