Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

वडास्तरीय फुटबल : सेमिफाइनलका खेल आज


१० जेष्ठ ,गण्डकी । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा जारी वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलका खेल आजदेखि हुनेछन् ।मङ्गलबार सम्पन्न खेलमा पोखरा–१५, पोखरा–३०, पोखरा–१४ र पोखरा–२७ वडाको टोली विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् ।

खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काका अनुसार वडा नं १५ ले वडा नं १३ लाई ४–१, वडा नं ३० ले वडा नं ८ लाई ३–२, वडा नं १४ ले वडा नं ३२ लाई २–० तथा वडा नं २७ ले वडा नं २४ लाई ४–३ गोलअन्तरले पराजित गरेका थिए ।

आज पहिलो सेमिफाइनल खेल वडा नं १५ र ३० बीच तथा दोस्रो सेमिफाइनल खेल वडा नं १४ र २७ बीच पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने छ । कास्की जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता छ ।

विजेताले रु एक लाख ५० तथा उपविजेताले रु एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने सदस्यसचिव खड्काले जानकारी दिनुभयोए । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु १५ हजार तथा उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

फाइनल खेल बिहीबार पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?