Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

रघुजी पन्तको प्रश्न – कक्षा १० को नेपाली पाठ्यक्रमबाट सन्दुक रुइतको जीवनी कसरी हट्यो ?


९ जेठ, काठमाडाैँ । प्रतिनिधिसभा सदस्य रघुजी पन्तले कक्षा १० को नेपाली पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएकोमा आपत्ति जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले डा. रुइतका कारण देशको इज्जत बढेको र सोहीअनुसार रुइतको जीवनी पढाउन उचित भएर पाठ्यक्रममा राखिए पनि हटाइएकाले शिक्षामन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् ।

‘कक्षा १० को नेपाली पाठ्यक्रममा डा सन्दुक रुइतकोबारेमा लेखिएको आठ पृष्ठ जीवनी पढाइ हुन्छ । त्यो पाठ्यपुस्तकबाट हटाइयो र त्यसलाई भाँचेर कता कता ६, ८ को साइन्समा केमा केमा राखियो । डा सन्दुक रुइतको जीवनी, उहाँको कारण हाम्रो देशको इज्जत बढेको छ । त्यो जीवन पढाउन आवश्यक भएर राखिएको थियो । किन त्यो जीवनी हटाइयो, यसबारे शिक्षामन्त्रीले स्पष्ट जवाफ दिन आग्रह गर्छु,’ उनले भने ।

साथै सांसद पन्तले पाठ्यक्रममा कुनै दलको आन्दोलनका बारेमा समावेश गर्न नहुने बताए ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?