Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

१२ पास गरेका विद्यार्थीलाई विदेश जान नदिऔं : रघुजी पन्त


८ जेठ, काठमाडाैँ । नेकपा एमालेका नेता रघुजी पन्तले कक्षा १२ पास गरेका विद्यार्थीलाई अध्ययनका नाममा विदेश पठाउन नहुने बताएका छन् । सोमबारको प्रतिनिधिसभामा बोल्दै पन्तले स्नातक नगरेका नगरेका विद्यार्थीलाई विदेश नपठाउने प्रस्ताव अघि सारेका हुन् ।

‘कम्तिमा स्नातक उत्तिर्ण गरेका विद्यार्थीलाई मात्रै विदेश जान दिनुपर्छ। कति जना ड्रगिस्ट भएका छन्, कतिपय गलत संगतमा परेका छन्। विदेशी सम्बन्धन लिएर पढाउने कलेजलाई बन्द गर्नुपर्छ।’ उनले भनेका छन् ।

उनले नेपालका विश्वविद्यालयहरूको स्तरोन्नति गर्नु अत्यावश्य रहेको समेत बताएका छन् । उनले विदेशमा अध्ययन गर्दा विदेशका लागि जनशक्ति उत्पादन हुने समेत तर्क राखेका छन् ।

‘शिक्षालाई वैज्ञानिक बनाउन आवश्यक छ। २१ औं शताब्दीको चुनौतिलाई सामना गर्ने शिक्षा बनाउनुपर्‍यो। विदेशी शिक्षा पढाउनु भनेको विदेशीका लागि जनशक्ति उत्पादन गर्नु हो। १२ कक्षा पास गरेकाले छात्रवृत्ति प्राप्त गरे पठाऔं। तर, आफ्नो खर्चमा विदेश पठाउन कम्तिमा स्नातक उत्तीर्ण गरेकालाई मात्रै अनुमति दिनुपर्छ।’ पन्तले भनेका छन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?