Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

१२ पास गरेका विद्यार्थीलाई विदेश जान नदिऔं : रघुजी पन्त


८ जेठ, काठमाडाैँ । नेकपा एमालेका नेता रघुजी पन्तले कक्षा १२ पास गरेका विद्यार्थीलाई अध्ययनका नाममा विदेश पठाउन नहुने बताएका छन् । सोमबारको प्रतिनिधिसभामा बोल्दै पन्तले स्नातक नगरेका नगरेका विद्यार्थीलाई विदेश नपठाउने प्रस्ताव अघि सारेका हुन् ।

‘कम्तिमा स्नातक उत्तिर्ण गरेका विद्यार्थीलाई मात्रै विदेश जान दिनुपर्छ। कति जना ड्रगिस्ट भएका छन्, कतिपय गलत संगतमा परेका छन्। विदेशी सम्बन्धन लिएर पढाउने कलेजलाई बन्द गर्नुपर्छ।’ उनले भनेका छन् ।

उनले नेपालका विश्वविद्यालयहरूको स्तरोन्नति गर्नु अत्यावश्य रहेको समेत बताएका छन् । उनले विदेशमा अध्ययन गर्दा विदेशका लागि जनशक्ति उत्पादन हुने समेत तर्क राखेका छन् ।

‘शिक्षालाई वैज्ञानिक बनाउन आवश्यक छ। २१ औं शताब्दीको चुनौतिलाई सामना गर्ने शिक्षा बनाउनुपर्‍यो। विदेशी शिक्षा पढाउनु भनेको विदेशीका लागि जनशक्ति उत्पादन गर्नु हो। १२ कक्षा पास गरेकाले छात्रवृत्ति प्राप्त गरे पठाऔं। तर, आफ्नो खर्चमा विदेश पठाउन कम्तिमा स्नातक उत्तीर्ण गरेकालाई मात्रै अनुमति दिनुपर्छ।’ पन्तले भनेका छन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?