Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी


८ जेठ, काठमाडाैँ । लुम्बिनी प्रदेश सरकारमा आज (सोमबार) मन्त्री परिषद् बिस्तारको तयारी गरिएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित चार मन्त्रीहरू रहेको प्रदेश सरकारमा सोमबार बेलुकासम्म थप तीन जना मन्त्री नियुक्त गर्ने तयारी रहेको जनाइएको छ ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवम् बिना विभागीय मन्त्री सन्तोष पाण्डेका अनुसार नेपाली कांग्रेसका नेता राजु खनाल, जनता समाजवादीका भण्डारीलाल यादव र जनमत पार्टीका सिके गुप्तालाई मन्त्री बनाउने तयारी भएको छ । यसलाई अन्तिम रूप दिन मुख्यमन्त्री चौधरीसहितका नेताहरू छलफलमा जुटिरहेको पाण्डेले बताए । छलफल टुङ्गिएमा आज सोमबार नै थपिएका मन्त्रीहरूलाई शपथग्रहण गराइने छ ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?