Trending
>>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी


८ जेठ, काठमाडाैँ । लुम्बिनी प्रदेश सरकारमा आज (सोमबार) मन्त्री परिषद् बिस्तारको तयारी गरिएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित चार मन्त्रीहरू रहेको प्रदेश सरकारमा सोमबार बेलुकासम्म थप तीन जना मन्त्री नियुक्त गर्ने तयारी रहेको जनाइएको छ ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवम् बिना विभागीय मन्त्री सन्तोष पाण्डेका अनुसार नेपाली कांग्रेसका नेता राजु खनाल, जनता समाजवादीका भण्डारीलाल यादव र जनमत पार्टीका सिके गुप्तालाई मन्त्री बनाउने तयारी भएको छ । यसलाई अन्तिम रूप दिन मुख्यमन्त्री चौधरीसहितका नेताहरू छलफलमा जुटिरहेको पाण्डेले बताए । छलफल टुङ्गिएमा आज सोमबार नै थपिएका मन्त्रीहरूलाई शपथग्रहण गराइने छ ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?