Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

बेनी–जोमसोम सडक अवरुद्ध, पहिरोले गाडी पुरियो


७ जेठ, म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक मार्ग बेनी–जोमसोम सडक खण्ड शनिबार राति परेको अविरल वर्षाले अवरुद्ध भएको छ ।

अविरल वर्षापछि आएको बाढीले अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइठे भीर, अन्नपूर्ण गाउँपालिका–२ तातोपानी र भुरुङ खोलामा अवरुद्ध भएको हो । बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर एवम् अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनका अनुसार सडक सुचारु गर्न प्रयास भइरहेको भए पनि समय लाग्ने देखिएको छ । मोटरेवल पुलमै क्षति पुगेको हुनाले तत्कालै सोझो सवारी सञ्चालन हुन समय लाग्ने देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक किरण लामाका अनुसार अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा पुल भाँचिएको छ । उक्त पुलको ठाउँमा हिमपाइप राखेर सवारी सञ्चालन गर्ने प्रयास भइरहेको छ ।

त्यस्तै गुईंठे भीरमा भारतीय नागरिक सवार गाडी पनि क्षति पुगेको छ । मुक्तिनाथ दर्शन गरेर फर्केको भारतीय नम्बर प्लेटको गाडी वर्षा भएपछि यात्रु झरेर गाडी त्यँही छाडेर हिँडेकोमा वर्षापछिको बाढीले क्षति पुर्याएको लामाको भनाइ छ ।

एचआर ६८ सी ८०५५ नम्बरको २६ सिट क्षमताको १३ महिला १३ पुरुष लिएर आएको गाडीमा ढुङ्गा माटोले पुरिएर क्षति पुगेको र त्यसलाई बिहान डोजरको सहायताले निकालिएको उहाँको भनाइ थियो । सडक र सवारीमा क्षति पुगेको भए पनि मानवीय क्षति भने नभएको लामाको भनाइ छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले मुस्ताङ क्षेत्रमा कुनै अवरोध नभए पनि म्याग्दी खण्डमा भएको समस्याले सिधा यातायात सञ्चालनमा समस्या भएको बताए ।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?