Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

बेनी–जोमसोम सडक अवरुद्ध, पहिरोले गाडी पुरियो


७ जेठ, म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक मार्ग बेनी–जोमसोम सडक खण्ड शनिबार राति परेको अविरल वर्षाले अवरुद्ध भएको छ ।

अविरल वर्षापछि आएको बाढीले अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइठे भीर, अन्नपूर्ण गाउँपालिका–२ तातोपानी र भुरुङ खोलामा अवरुद्ध भएको हो । बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर एवम् अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनका अनुसार सडक सुचारु गर्न प्रयास भइरहेको भए पनि समय लाग्ने देखिएको छ । मोटरेवल पुलमै क्षति पुगेको हुनाले तत्कालै सोझो सवारी सञ्चालन हुन समय लाग्ने देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक किरण लामाका अनुसार अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा पुल भाँचिएको छ । उक्त पुलको ठाउँमा हिमपाइप राखेर सवारी सञ्चालन गर्ने प्रयास भइरहेको छ ।

त्यस्तै गुईंठे भीरमा भारतीय नागरिक सवार गाडी पनि क्षति पुगेको छ । मुक्तिनाथ दर्शन गरेर फर्केको भारतीय नम्बर प्लेटको गाडी वर्षा भएपछि यात्रु झरेर गाडी त्यँही छाडेर हिँडेकोमा वर्षापछिको बाढीले क्षति पुर्याएको लामाको भनाइ छ ।

एचआर ६८ सी ८०५५ नम्बरको २६ सिट क्षमताको १३ महिला १३ पुरुष लिएर आएको गाडीमा ढुङ्गा माटोले पुरिएर क्षति पुगेको र त्यसलाई बिहान डोजरको सहायताले निकालिएको उहाँको भनाइ थियो । सडक र सवारीमा क्षति पुगेको भए पनि मानवीय क्षति भने नभएको लामाको भनाइ छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले मुस्ताङ क्षेत्रमा कुनै अवरोध नभए पनि म्याग्दी खण्डमा भएको समस्याले सिधा यातायात सञ्चालनमा समस्या भएको बताए ।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?