Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

वित्तीय सुशासन जोखिम मूल्याङ्कन : मेलम्ची प्रथम


७ जेष्ठ ,सिन्धुपाल्चोक । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रथम भएको छ । मेलम्चीले आर्थिक वर्ष २०७८/७९ को प्रारम्भिक नतिजामा ८९ दशमलव पाँच प्रतिशत अङ्क प्राप्त गर्दै जिल्ला प्रथम भएको हो ।

मेलम्चीले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९२ दशमलव ८६, कार्यान्वयन क्षमता तथा व्यवस्थापन ९७ दशमलव ९३, लेखाङ्कन तथा प्रतिवेदनमा शत् प्रतिशत, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा ८१ दशमलव २५ र राजस्व व्यवस्थापनमा ८५ दशमलव २९ प्राप्त गरेको जनाइएको छ ।

जिल्ला समन्वय समितिले मूल्याङ्कन गरी अन्तिम नतिजा प्रकाशन गरेको थियो । सो मूल्याङ्कनअनुसार जिल्लाको भोटेकोसी गाउँपालिकाले ६५ अङ्क, जुगल गाउँपालिकाले ५० अङ्क, पाँचपाखरी थाङ्पाल गाउँपालिकाले ५४ अङ्क, हेलम्बु गाउँपालिकाले ४१ दशमलव पाँच अङ्क, चौतारा साँगाचोकगढी नगरपालिकाले ६६ अङ्क, बलेफी गाउँपालिकाले ६० दशमलव पाँच अङ्क, बाह्रबिसे नगरपालिकाले ६४ अङ्क, त्रिपुरासुन्दरी गाउँपालिकाले ६१ दशमलव पाँच अङ्क, लिसङ्खुपाखर गाउँपालिका ५४ दशमलव पाँच अङ्क र सुनकोशी गाउँपालिकाले ४२ दशमलव पाँच अङ्क प्राप्त गरेका छन् ।

मेलम्चीले आर्थिक वर्ष २०७७/७८ मा पनि ७१.५ अङ्क प्राप्त गर्दै पहिलो भएको थियो । मेलम्चीले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ८६ प्रतिशत अङ्क दाबी गरेको छ । स्वमूल्याङ्कनको विषय क्षेत्रहरुको समग्र स्थितिमा ९२ दशमलव ८६ प्रतिशत प्रक्रियागत स्थितिमा ८३ दशमलव ८२ परिणात्मक स्थितिमा ८४ दशमलव ४४ प्रतिशत अङ्क दाबी गरेको छ ।

अब सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसको गुणस्तर परीक्षण गरी नगरपालिकाको अन्तिम नतिजा प्राप्त हुने मेलम्चीको सूचना प्रविधि शाखा प्रमुख अर्पना श्रेष्ठले जानकारी दिईन् । प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले आगामी आवमा दुईवटै मूल्याङ्कनमा ९० प्रतिशतभन्दा माथि अङ्क आउने गरी काम गर्ने लक्ष्य लिइएको जानकारी दिए ।

नगरपालिकाको मूल्याङ्कनपछि नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधानले आगामी वर्षहरूमा पनि स्थानीय तहमा प्रथम हुने गरी काम गर्ने बताए । सो नगरपालिका लगातार दोस्रोपटक जिल्लामै प्रथम भएको हो । आव २०७८/७९ मा पनि मेलम्ची स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा प्रथम भएको नगरपालिकाले जनाएको छ ।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?