Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

पत्रकार खड्कालाई ‘जनपक्षीय पत्रकारिता पुरस्कार


६ जेष्ठ ,काठमाडौँ । प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्का ‘जनपक्षीय पत्रकारिता परस्कार २०८०’ बाट सम्मानिन भएका छन् ।

प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको वार्षिक साधारणसभामा दोलखाका पत्रकार लक्ष्मण खड्कालाई उक्त पुरस्कार प्रदान गरेको हो ।

पत्रकारिताको क्षेत्रबाट मुलुकको परिवर्तन, विकास र समृद्धिका साथै प्रेस सेन्टर नेपालको संस्थागत विकासमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै पत्रकार खड्कालाई सम्मान गरेको सेन्टरले जनाएको छ ।

उनिलाई सम्मानपत्रसहित नगद रु २५ हजार प्रदान गरिएको छ । दोलखा जिल्लाबाट लामो समयसम्म राजनधानी दैनिक र नयाँ पत्रिका दैनिकमा आबद्ध रहेर पत्रकारिता गर्नुका साथै सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)का केन्द्रीय कोषाध्यक्षको भूमिकासमेत सम्हालिसकेका उनि हाल प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्जको जिम्मेवारीमा छन् ।

उनले दोलखा जिल्लाबाट सामुदायिक रेडियो ‘हाम्रो रेडियो’ दोलखा र ‘जिरी एफएम’ जिरी तथा ‘हाम्रो अपडेट डटकम’ अनलाइन सञ्चालन गर्दै आएका छन् । प्रेस सेन्टर बागमती प्रदेश समितिका अध्यक्ष यदुनाथ गौतमले पत्रकारिताको क्षेत्रबाट मुलुकको परिवर्तन, विकास र समृद्धिका साथै प्रेस सेन्टर नेपालको संस्थागत विकास पुर्याएको योगदानको कदरस्वरुप वार्षिकरूपमा एक जनालाई नगदसहित पुरस्कृत गर्दै आएको बताए ।

धुलिखेलमा भएको साधारणसभाले सेन्टरको आगामी जेठ १३ र १४ गते हुने केन्द्रीय साधारणसभामा प्रस्तुत हुने विषयमा नीति निर्माण गर्नका लागि आवश्यक विषयवस्तुमाथि छलफल गरेको छ । साथै हालसम्मको समीक्षा तथा सेन्टरको जिल्ला समन्वय समितिलाई सक्रिय बनाउने विषयमा छलफल भएको अध्यक्ष गौतमले बताए ।


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?