Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

पत्रकार खड्कालाई ‘जनपक्षीय पत्रकारिता पुरस्कार


६ जेष्ठ ,काठमाडौँ । प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्का ‘जनपक्षीय पत्रकारिता परस्कार २०८०’ बाट सम्मानिन भएका छन् ।

प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको वार्षिक साधारणसभामा दोलखाका पत्रकार लक्ष्मण खड्कालाई उक्त पुरस्कार प्रदान गरेको हो ।

पत्रकारिताको क्षेत्रबाट मुलुकको परिवर्तन, विकास र समृद्धिका साथै प्रेस सेन्टर नेपालको संस्थागत विकासमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै पत्रकार खड्कालाई सम्मान गरेको सेन्टरले जनाएको छ ।

उनिलाई सम्मानपत्रसहित नगद रु २५ हजार प्रदान गरिएको छ । दोलखा जिल्लाबाट लामो समयसम्म राजनधानी दैनिक र नयाँ पत्रिका दैनिकमा आबद्ध रहेर पत्रकारिता गर्नुका साथै सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)का केन्द्रीय कोषाध्यक्षको भूमिकासमेत सम्हालिसकेका उनि हाल प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्जको जिम्मेवारीमा छन् ।

उनले दोलखा जिल्लाबाट सामुदायिक रेडियो ‘हाम्रो रेडियो’ दोलखा र ‘जिरी एफएम’ जिरी तथा ‘हाम्रो अपडेट डटकम’ अनलाइन सञ्चालन गर्दै आएका छन् । प्रेस सेन्टर बागमती प्रदेश समितिका अध्यक्ष यदुनाथ गौतमले पत्रकारिताको क्षेत्रबाट मुलुकको परिवर्तन, विकास र समृद्धिका साथै प्रेस सेन्टर नेपालको संस्थागत विकास पुर्याएको योगदानको कदरस्वरुप वार्षिकरूपमा एक जनालाई नगदसहित पुरस्कृत गर्दै आएको बताए ।

धुलिखेलमा भएको साधारणसभाले सेन्टरको आगामी जेठ १३ र १४ गते हुने केन्द्रीय साधारणसभामा प्रस्तुत हुने विषयमा नीति निर्माण गर्नका लागि आवश्यक विषयवस्तुमाथि छलफल गरेको छ । साथै हालसम्मको समीक्षा तथा सेन्टरको जिल्ला समन्वय समितिलाई सक्रिय बनाउने विषयमा छलफल भएको अध्यक्ष गौतमले बताए ।


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?