Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

छाब्दी बाराही मन्दिरको छाना तामाले छाइने


६ जेठ, तनहुँ । व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिक पर्यटकस्थल छाब्दी बाराही मन्दिरको जीर्णोद्धारको काम पुरातात्विक भक्तपुरे इँटाको प्रयोग गरी मन्दिर निर्माण र मन्दिरको छाना तामाको पाताले छाउन काम सुरु गरिएको छ ।

विसं २०७९ वैशाख १९ देखि सुरु गरी २०८० जेठ मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छाब्दी बाराही मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सामाजिक विकास कार्यालयमार्फत रु १५ लाख र स्थानीय श्रमदान रु एक लाख २० हजार दुई सय ५८ को लागतमा मन्दिर पुनःनिर्माण गर्न लागिएको हो । मन्दिरको निर्माण कार्य भइरहे पनि पूजाअर्चनाका लागि आउने भक्तजनलाई कुनै किसिमको बाधा नपुग्ने गरी काम गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

प्रदेश सरकारले विनियोजन गरेको बजेटले छाना छाउन पुग्नेछ । उनले भने, “मन्दिरको अन्य भौतिक संरचना निर्माणका लागि मन्दिर संरक्षण विकास कोष, चन्दा सङ्कलन र स्थानीय श्रमदानबाट काम गर्ने योजना छ ।”

मन्दिरको संरचना निर्माणलगायतका कामका लागि करिब रु ८५ लाखको लागत अनुमान रहेको मन्दिर पुनःनिर्माण समितिले जनाएको छ । उक्त क्षेत्रका करिब दुई सय घरधुरीका दुई हजार पाँच सय मानिस प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?