Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

कोरियाली राष्ट्रपति र प्रधानमन्त्री मोदीबीच भेटवार्ता


६ जेठ, एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुवै पक्षबीच पारस्परिक सम्बन्ध विस्तारका साथै प्रतिरक्षा र व्यापारीक सम्बन्ध प्रवर्द्धनबारे विचारविमर्श भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बताएका छन् ।

कोरियासँगको विशेष राजनीतिक साझेदारी र दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका सन्दर्भमा पनि छलफल भएको प्रवक्ता बाग्चीले बताएका छन् । दुवै पक्षले व्यापार, लगानी र प्रविधिका क्षेत्रमा सहकार्य गर्न सहमति जनाएका छन् । प्राविधिक उपकरण उत्पादन, प्रतिरक्षा र संस्कृति सम्बन्ध विस्तारबारे पनि नेताद्वयबीच विचारविमर्श भएको जनाइएको छ ।

कोरियाली राष्ट्रपति र भारतीय प्रधानमन्त्रीले भारतले गरेको जी ट्वेन्टी तथा कोरियाले गरेको हिन्द-प्रशान्त रणनीतिको अध्यक्षताबारे पनि छलफल गरेका थिए । भारतीय प्रधानमन्त्रीको कार्यालयले कोरियाली राष्ट्रपतिसँगको प्रधानमन्त्री मोदीको भेटवार्ता फलदायी रहेको बताएको छ । दुवै मुलुकबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै प्रधानमन्त्रीको कार्यालयले दुई नेताबीचको वार्ता विकासका विषयमा केन्द्रित रहेको जनाएको छ ।

आजै प्रधानमन्त्री मोदी र जापानका प्रधानमन्त्री फुमियो किसिदाबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूबीच भारत-जापान सम्बन्धका सबै पक्षमा समीक्षा भएको थियो । हाल जी ट्वेन्टी र जी सेभेनको अध्यक्षता गरिरहेका सरकार प्रमुखबीचको छलफल विश्वशान्ति र विकासमा केन्द्रित रहेको थियो ।

प्रधानमन्त्री किसिदाको मैत्रीपूर्ण निमन्त्रणामा जी सेभेनको ४९ औँ वार्षिक शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री मोदी जापानको हिरोसिमामा रहेमा छन् ।


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?