Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

व्यावसायिक बन्न तालिम दिँदै पोखरा महानगर


२ जेठ, पोखरा । कास्कीको पोखरा महानगरपालिकाले विभिन्न सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बिपिसी) को आयोजनामा विभिन्न १० विधामा दुई सय ४० जनालाई सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्न लागेको हो ।

छनोट भएकालाई अभिमुखीकरण गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र स्वरोजगार सृजना गर्दै उद्यमशीलता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । “महानगरपालिकाभित्र स्वरोजगार बन्न, तालिमका विभिन्न अवसर सृजना गर्न,  तालिमपश्चात् आवश्यक प्राविधिक सहयोग गर्ने, सुरुआतमा बीउ पूँजी दिनेलगायत काममा सहयोग गर्छौं’, उनले भने । सानो लगानीबाट पनि व्यावसायिक सफलता प्राप्त गर्न सकिने प्रमुख आचार्यले बताए ।

पोखरा–१७ की वडाअध्यक्ष राधिकाकुमारी शाही योगीले तालिमबाट सहभागीलाई व्यावसायिक जीवनको ठोस आकार दिन पर्याप्त अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले तालिम व्यावहारिक र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। विभिन्न सङ्घसंस्थासितको समन्वय र महानगरपालिकाको लगानीमा  तालिम सञ्चालन गर्न लागिएको हो ।


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?