Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

विज्ञान प्रविधि सम्मान डा पन्ना थापालाई प्रदान गरिने


२ जेठ, काठमाडाैँ । लामो समयदेखि औषधिसम्बन्धी अनुसन्धान र फार्मेसी विषयमा अध्यापन गर्दै आएका प्रा डा पन्ना थापा (डोल्पा) लाई शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान समर्पण गर्ने भएको छ ।

औषधि उत्पादन तथा वितरण, प्रविधि विकास तथा हस्तान्तरण, गुणस्तरको प्रत्याभूति एवं गुणस्तर नियन्त्रणजस्ता विषय समेटिएका थापाका अनुसन्धानात्मक लेख विभिन्न जर्नलमा प्रकाशित छन् । शारदा घिमिरे भैल संयोजक तथा गीता अधिकारी र कालिका त्रिपाठी पन्त सदस्य रहेको समितिले यो निर्णय गरेको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिए । सम्मानका लागि  आर्थिक व्यवस्थापन रामकृष्ण श्रेष्ठ प्रतिष्ठानले गर्ने भएको छ ।प्रकाशनले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?