Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

टर्किको चुनावमा उच्च मतदान “लोकतन्त्रको जित” : इरान


२ जेठ, एजेन्सी । इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले सोमबार टर्किको राष्ट्रपति र संसदीय निर्वाचनमा भएको उच्च मतदानलाई “लोकतन्त्रको विजयको सङ्केत” भएको बताएका छन्।

आइतबारको चुनावमा टर्किका नागरिकहरूको व्यापक सहभागितामा बारे टिप्पणी गर्दै मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा कनानीले सो टिप्पणी गरेका हुन् ।

उनले टर्कीका जनता, निर्वाचनका आयोजकहरू, नेताहरू र राजनीतिक दलहरूलाई मतदानको सफल आयोजना गरी लोकतान्त्रिक गतिविधिको सुदृण पार्दै “लोकतन्त्रको विजय” गराएकामा बधाइ दिएका छन् ।

तुर्किएको पहिलो चरणको राष्ट्रपतिय र संसदीय चुनावमा मतदान गर्न लगभग ६ करोड मतदाताहरू दर्ता भएका छन्। विदेशमा रहेका करिब ३५ लाख मतदातालाई अग्रिम भोट हाल्न आह्वान गरिएको छ । झण्डै ८० प्रतिशत बढी मतदान भएको थियो ।


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?