Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

जडिबुटीको नरेफाँटमा खुल्यो अटोमाण्डु, ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्ने प्रमुख उद्देश्य


१ जेठ, काठमाडाैँ । जडिबुटीको नरेफाँटमा अटोमाण्डु स्टेशन सुरू भएको छ । शनिबार मधेश प्रदेशका पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री सरोज यादवले उक्त स्टेशन सुरू गरेका हुन् ।

विगत १० वर्षदेखि अटोमोटिभ क्षेत्रमा आवद्ध रहेका अटोमाण्डुका सञ्चालक राहुल शर्माले उक्त स्टेशन एक व्यवस्थित सर्भिस स्टेशन भएको बताएका छन् ।

अटोमाण्डुमा टु ह्विलरको जुनसुकै ब्राण्डलाई पनि सर्भिसिङ प्रदान गर्ने र जेनियुन पार्टस, ट्युव, फिल्टर, लुब्रिकेन्ट्स, टायर, लगायतका सामान पाइने सञ्चालक शर्माले जानकारी दिएका छन् ।

उद्घाटन समारोहमा बोल्दै सञ्चालक शर्माले ग्राहकलाई सन्तुष्ट बनाउने कुरामा ढुक्क हुन अनुरोध गरेका छन् । अटोमाण्डुमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको र करीब २ करोड लगानी भएको शर्माले बताएका छन् ।

अटोमाण्डुबाट प्रत्यक्ष रूपमा १५ जनाले रोजगारी समेत पाउनेछन् ।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?