Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सरकारी वकिलको कार्यालयमा पूर्व गृहमन्त्री खाँणको बयान सुरु


१ जेठ, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी पक्ररणमा पक्राउ पुर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु भएको छ ।

बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणको बयान सुरु भएको हो ।

गत बिहिबार पक्राउ परेका पुर्व गृहमन्त्री खाँण माथी अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंले हिजो ४ दिनको म्याद थप गरिए पछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयान दिन ल्याईएको हो ।

टेकु परिसरको हिरासतमा ४ दिन देखी रहदैँ आएका खाँणले सो घटनामा आफनो संलग्नता अस्विकार गर्दै आएका छन । उनले हिजो पनि सञ्चारकर्मीसँग भने, ‘यसमा मेरो कुनै संलग्नता रहेको छैन ।’

यद्यपी, सो प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफनो बयानको क्रममा गृहमन्त्री खाँणलाई मन्त्रालयमा नै पुगेर १ करोड ४६ लाख रुपैयाँ बुझाएको प्रहरी स्रोतले यसअघि नै खुलासा गरिसकेको छ ।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?