Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल


३१ वैशाख ,काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा जावलाखेलले मनाङसँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । जावलाखेलका खेलाडी एनकोटो मासोबिकाले खेलको ३४औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिए ।

त्यस्तै, खेलको ७६औँ मिनेटमा हिसुब थपलियाले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाए । जाउलाखेलको २–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।

खेलको अन्तिम दश मिनेटको अन्तरमा मनाङले दुई गोल गर्यो । खेलको ८०औँ मिनेटमा मनाङका विशन गुरुङले एक गोल फर्काए । खेलको अन्तिम मिनेटमा मनाङका अर्का खेलाडी सुमित श्रेष्ठले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा टुङ्गाए ।

यस खेलसँगै जावलाखेल ३१ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । मनाङ २२ अङ्कसहित सातौँ स्थानमा छ ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?