Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

कराँची गोलीकाण्डमा दुई महिलासहित पाँच जनाको मृत्यु


३१ वैशाख, एजेन्सी । आइतबार कराँचीमा भएको छुट्टाछुट्टै गोलीकाण्डमा दुई महिलासहित पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानमा आधारित एआरवाई न्युजले  जनाएअनुसार मेमन गोठ, सुरजनी टाउन, डिफेन्स र म्युनिसिपल टाउनमा गोली हानाहान भएको थियो । गुलसन–ए–सुरजानीस्थित पेट्रोल पम्प नजिकै अज्ञात व्यक्तिले कारमा गोली चलाउँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बाबर र नसिम रहेका छन् ।

यसबाहेक, मलिर साउदाबादमा आयोजित विवाह समारोहमा एक व्यक्तिको गोली हानी हत्या गरिएको थियो । हत्या गरिएका व्यक्ति मोहम्मद अर्सलान रहेको बताइएको छ । यसैबीच कराँचीमा दुर्घटनावश गोली लागेर एक महिलाको मृत्यु भएको छ । घटना डिफेन्स फेज ६ खयाबान–ए–हलालमा भएको उल्लेख गरिएको छ । गोली लागेकी महिला सफिया साफिया रहेको बुझिएको छ ।

बलदियाको गुलसन–ए–गाजी नजिकैको बिस्मिल्लाह चोकमा गोली लागेर अर्की एक महिलाको मृत्यु भएको छ । मृतक नोरिन रहेकी छिन् । प्रहरीले यी विभिन्न घटनामा अनुसन्धान थालेको छ ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?