Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

कराँची गोलीकाण्डमा दुई महिलासहित पाँच जनाको मृत्यु


३१ वैशाख, एजेन्सी । आइतबार कराँचीमा भएको छुट्टाछुट्टै गोलीकाण्डमा दुई महिलासहित पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानमा आधारित एआरवाई न्युजले  जनाएअनुसार मेमन गोठ, सुरजनी टाउन, डिफेन्स र म्युनिसिपल टाउनमा गोली हानाहान भएको थियो । गुलसन–ए–सुरजानीस्थित पेट्रोल पम्प नजिकै अज्ञात व्यक्तिले कारमा गोली चलाउँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बाबर र नसिम रहेका छन् ।

यसबाहेक, मलिर साउदाबादमा आयोजित विवाह समारोहमा एक व्यक्तिको गोली हानी हत्या गरिएको थियो । हत्या गरिएका व्यक्ति मोहम्मद अर्सलान रहेको बताइएको छ । यसैबीच कराँचीमा दुर्घटनावश गोली लागेर एक महिलाको मृत्यु भएको छ । घटना डिफेन्स फेज ६ खयाबान–ए–हलालमा भएको उल्लेख गरिएको छ । गोली लागेकी महिला सफिया साफिया रहेको बुझिएको छ ।

बलदियाको गुलसन–ए–गाजी नजिकैको बिस्मिल्लाह चोकमा गोली लागेर अर्की एक महिलाको मृत्यु भएको छ । मृतक नोरिन रहेकी छिन् । प्रहरीले यी विभिन्न घटनामा अनुसन्धान थालेको छ ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?