Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

कर्नाटक निर्वाचन : काङ्ग्रेस तीन सीटमा विजयी, १२९ मा अग्रता


३१ वैशाख, एजेन्सी। कर्नाटक विधानसभा चुनावमा भारतीय काङग्रेस (काङ्ग्रेस–आई)ले तीन सिट जितेको छ भने अन्य १२९ सिटमा अग्रता लिएको छ ।

निर्वाचन आयोगले दिएको पछिल्लो अपडेटअनुसार कर्नाटक बिधानसभामा काङ्ग्रेसले तीन सीटमा बिजय भएको छ भने १२९ सीटमा अग्रता लिएको छ । त्यसैगरी भारतीय जनता पार्टी (भाजपा) ले ६६ र जनता दल (सेक्युलर)ले २२ सिटमा अग्रता लिएका छन् । स्वतन्त्र उम्मेदवारले दुई सीटमा अग्रता लिएको छ ।

मतभारका आधारमा हेर्दा पछिल्लो परिणाम अनुसार काङ्ग्रेसलाई खसेको मतको कूल ४३ प्रतिशत मत र भाजपालाई ३६ प्रतिशत मत र जनता समाजवादी (सेकुलर)लाई १३.२ प्रतिशत मत प्राप्त भएको छ । भारी समर्थन देखिएपछि काङ्ग्रेसले पार्टीको दिल्लीस्थित केन्द्रीय कार्यालय र कर्नाटकस्थित क्षेत्रिय कार्यालयमा पटाका पड्काएर खुशी मनाएको छ ।

कर्नाटक विधानसधाको २२४ सदस्यका लागि यही मे १० मा सम्पन्न भएको निर्वाचनको मत गणना शनिबार बिहान ८ः०० बजेदेखि शुरू भएको थियो । राजनीतिक दलहरूको चर्को प्रचार–प्रसार भएको यो चुनाव भाजपा र काङ्ग्रेस दुवैका लागि महत्वपूर्ण छ ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?