Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने


३० वैशाख, काठमाडाैँ । बालबालिकामा रहेको प्रतिभालाई बाहिर ल्याउन गायन र नृत्यमा प्रतिस्पर्धात्मक रियालिटी शो  ‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने भएको छ ।

एएनपी मिडिया हाउसका अध्यक्ष लवबहादुर कार्कीले बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभाका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिए ।

“गाउँगाउँका अवसरविहीन गायन र नृत्य प्रतिभालाई मञ्च प्रदान गर्न यो रियालिटी शो आयोजना गर्दैछौँ, बालबालिकामा सानैदेखि फरक स्तरको पाइने प्रतिभालाई अवसर र मञ्च पाउनबाट वञ्चित गर्नु हुँदैन्”, अध्यक्ष कार्कीले भने, “बागमती प्रदेशका नौ स्थानमा पुगेर प्रतिभाको खोजी गर्नेछौँ, चरणबद्धरुपमा बाँकी छ प्रदेशका प्रतिभाका लागि पनि यसप्रकारको प्रतियोगिता गर्ने योजना छ ।” आठदेखि १३ वर्षसम्मका बालबालिका सहभागी हुन पाउने शोको अडिसन आजदेखि सुरु हुँदैछ ।

धादिङ, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, मन्थली, सिन्धुली, भक्तपुर र काठमाडौँमा चरणबद्धरुपमा अडिसन गरेर छनोट भएका प्रतियोगीलाई काठमाडौँमा ल्याएर पुनः अडिसन गरिनेछ । त्यहाँबाट छनोट भएका बालबालिका शोमा सहभागी हुनेछन् । यस शोमा गायन र नृत्य विधामा प्रथम हुनेले रु ५० हजार, द्वितीय हुनेले रु ३० हजार र तृतीय हुनेले रु २० हजार प्राप्त गर्नेछन् ।

यसको निर्णायकमा अभिनेत्रीद्वय मिथिला शर्मा र गौरी मल्ल, गायकगायिकाद्वय आनन्द कार्की र देविका वन्दना रहेका छन् । “नयाँ प्रतिभा पाउनेमा विश्वस्त छौँ, हामीले इच्छा राखेका बालबालिकाका लागि अवसर प्रदान गर्दैछौँ”, अभिनेत्री शर्माले भनिन् ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?