Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने


३० वैशाख, काठमाडाैँ । बालबालिकामा रहेको प्रतिभालाई बाहिर ल्याउन गायन र नृत्यमा प्रतिस्पर्धात्मक रियालिटी शो  ‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने भएको छ ।

एएनपी मिडिया हाउसका अध्यक्ष लवबहादुर कार्कीले बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभाका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिए ।

“गाउँगाउँका अवसरविहीन गायन र नृत्य प्रतिभालाई मञ्च प्रदान गर्न यो रियालिटी शो आयोजना गर्दैछौँ, बालबालिकामा सानैदेखि फरक स्तरको पाइने प्रतिभालाई अवसर र मञ्च पाउनबाट वञ्चित गर्नु हुँदैन्”, अध्यक्ष कार्कीले भने, “बागमती प्रदेशका नौ स्थानमा पुगेर प्रतिभाको खोजी गर्नेछौँ, चरणबद्धरुपमा बाँकी छ प्रदेशका प्रतिभाका लागि पनि यसप्रकारको प्रतियोगिता गर्ने योजना छ ।” आठदेखि १३ वर्षसम्मका बालबालिका सहभागी हुन पाउने शोको अडिसन आजदेखि सुरु हुँदैछ ।

धादिङ, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, मन्थली, सिन्धुली, भक्तपुर र काठमाडौँमा चरणबद्धरुपमा अडिसन गरेर छनोट भएका प्रतियोगीलाई काठमाडौँमा ल्याएर पुनः अडिसन गरिनेछ । त्यहाँबाट छनोट भएका बालबालिका शोमा सहभागी हुनेछन् । यस शोमा गायन र नृत्य विधामा प्रथम हुनेले रु ५० हजार, द्वितीय हुनेले रु ३० हजार र तृतीय हुनेले रु २० हजार प्राप्त गर्नेछन् ।

यसको निर्णायकमा अभिनेत्रीद्वय मिथिला शर्मा र गौरी मल्ल, गायकगायिकाद्वय आनन्द कार्की र देविका वन्दना रहेका छन् । “नयाँ प्रतिभा पाउनेमा विश्वस्त छौँ, हामीले इच्छा राखेका बालबालिकाका लागि अवसर प्रदान गर्दैछौँ”, अभिनेत्री शर्माले भनिन् ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?