Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नारायणपुर विमानस्थलका लागि इआइए गरिँदै


३० वैशाख, दाङ । दाङको नारायणपुरमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) तयारीको काम अघि बढेको छ । इआइएका लागि यही वैशाख १० गते नै सार्वजनिक सूचना जारी गरिसकेको छ ।

प्राकृतिक, भौतिक प्रणाली, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीमा कस्तो असर पार्छ भनी नागरिक उड्डयन प्राधिकरणले इआइए गर्न लागेको इन्जिनियर मुरारी भण्डारीले जानकारी दिए ।

आन्तरिक उडानका लागि घोराही उपमहानगरपालिका–८ र ९ मा पर्ने नारायणपुरमा विमानस्थल निर्माणका लागि इआइए थालिएको उहाँले बताउनुभयो । “तीन हजार दुई सय मिटर लम्बाइ र ४५ मिटर चौडाइ रहने, ट्याक्सी मार्ग, एप्रोन विमानस्थल टर्मिनल, कार्गो भवन, पार्किङ क्षेत्र, जलवायु मापण केन्द्र, राडर, इन्धन डिपो, उद्धार तथा अग्नि नियन्त्रण स्टेसन, स्टाफ क्वाटर, प्रहरी पोष्ट, प्रकोप सहायता केन्द्र, स्टाफ क्वाटर निर्माण गर्ने गरी तयारी गरिएको छ”, इन्जिनियर भण्डारीले भन्नुभयो । उनका अनुसार विमानस्थल निर्माणका लागि तीन सय ६४ हेक्टर जग्गा आवश्यक पर्दछ ।

दाङको तुलसीपुरमा विसं २०११ सालमा विमानस्थल स्थापना भएको थियो । हाल उक्त विमानस्थलमा १९ सिटे टिवनेटर विमान मात्रै अवतरण गर्न सक्छ । अहिले यस विमानस्थलमा सात सय ५० मिटर लम्बाइ धावनमार्ग छ । उक्त धावनमार्ग विस्तारका लागि इआइए तयार गर्न लागिएको इन्जिनियर भण्डारीको भनाइ थियो ।

केही दिनअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, मन्त्री धनबहादुर मास्कीलगायतको टोली टरिगाउँ विमानस्थलमा पुगेर केन्द्र सरकारसँग समन्वय गरी प्रदेश सरकारले विमानस्थलको धावन मार्ग विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?