Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

सवारी नियम उल्लङ्घन गर्नेको लाइसेन्स निलम्बनका लागि सिफारिस


उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी सञ्चालनमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने ८६ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ । सवारी चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पटक–पटक उल्लङ्घन गरेकाले नियमको कडाइका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुमतिपत्र निलम्बनको सिफारिस गरेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता राजेन्द्रप्रसाद भट्टलेसवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकाले सोही ऐनको दफा ६० बमोजिमको कसुर अन्र्तगत लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको जानकारी दिनुभयो । उहाँका अनुसार पाँच पटकभन्दा बढीनियम उल्लङ्घन गर्नेको लाइसेन्स निलम्बन हुन्छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निलम्बनका लागि पठाइएका सवारी चालक अनुमतिपत्रमध्ये एक जना २९ पटक, एक जना २६ पटक, एक जना २४ पटक, एक जना २३ पटक, दुई जना १८ पटक, एक जना १७ पटक, दुई जना १६ पटक, दुई जना १५ पटक कारबाहीमा परेका छन् । यसैगरी दुई जना १३ पटक, तीन जना १४ पटक, चार जना १२ पटक, सात जना १० पटक, आठ जना ११ पटक, नौ जना नौ पटक, ११ जना आठ पटक, १३ जना छ पटक र १८ जना सात पटक ट्राफिक प्रहरीको कारबाहीमा परेका बताइएको छ ।

ट्राफिक नियम उल्लङ्घन गरिरहने चालकबाट नै धेरैजसो सवारी दुर्घटना हुने गरेकाले नियम पालना गर्दै सुरक्षित यात्राको होस् भन्ने उद्देश्यले लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ५ माघ २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?