Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

लिवियाका लागि नयाँ नेपाली शान्ति टोली प्रस्थान


२९ वैशाख, काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिवियामा शान्ति स्थापना कार्यका खटिने क्रममा एक सय १५ जनाको नेपाली शान्ति सैनिक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

स्पेशल गार्ड युनिट शान्ति सेना चौथो डफ्फालाई बदली गर्न पाँचौँ डफ्फाका शान्ति सैनिकको पहिलो टोली प्रमुख सेनानी भाइकाजी थापाको नेतृत्वमा मिशन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यहाँ तैनाथ चौथो डफ्फाका एक सय १३ शान्ति सैनिक सेनानी गेलङ लामाको नेतृत्वमा आजै स्वदेश आइपुग्ने जानकारी दिइएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ विश्वका विभिन्न मुलुकमा हाल छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति सैनिक धेरै खटाउने मुलुकको सूचीमा अहिले नेपाल दोस्रो स्थानमा छ ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?