Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

इच्छाकामनामा दादुराविरुद्धको खोप


२९ वैशाख, चितवन। चितवनको इच्छाकामना गाउँपालिकामा दादुरा रोगविरुद्धको खोप दिन लागिएको छ । गाउँपालिकामा दादुराका बिरामी भेटिएसँगै खोप लगाउने तयारी थालिएको हो । इच्छाकामना गाउँपालिका वडा नं ६ मा दादुरा देखिएको हो ।

स्वास्थ्य कार्यालयका अधिकृत जयराम दुबाडीका अनुसार इच्छाकामना गाउँपालिकामा पाँच वर्ष र १२ वर्षका बालबालिकामा यो रोगको सङ्क्रमण देखिएको हो । सङ्क्रमण देखिएसँगै जेठको पहिलो साता खोप लगाउने तयारी गरिएको उनले जानकारी दिए । पूर्णखोप नलगाएका बालबालिकामा यो रोग देखिएको उनले बताए । उनीहरू जाने बिद्यालय, सम्पर्कमा आउने वा घुलमिल हुने समुदायमा दादुराविरुद्धको खोप लगाउन लागिएको हो ।

इच्छाकामनामा दादुरा रोगको सङ्क्रमण देखिएसँगै कालिका नगरपालिकाको पहाडी क्षेत्रमा समेत जोखिम हुनसक्ने भन्दै उच्च सतर्कताका लागि अध्ययन सुरु गरिएको कार्यालयले जनाएको छ । पिछडिएको र सीमान्तकृत बस्तीमा यो रोग देखिने गरेको छ । दादुरा निकै छिटो सर्ने सरुवा रोग हो । यो रोग सामन्यतया पाँच वर्षमुनिका बालबालिकालाई धेरै लाग्ने गरेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । मिजल्ड भाइरसका कारण सर्ने यो रोगले छिट्टै महामारीको रूप पनि लिनसक्ने उहाँले बताए ।

दादुरा रोग लाग्दा निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले बिरामीको मृत्युसमेत हुनसक्ने कार्यालयले जनाएको छ । यो भाइरस मानिसबाट मानिसमा मात्र सर्दछ । यो भाइरस सङ्क्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रहेर वृद्धि हुने र श्वास नली एवं अरु भित्री अङ्गमा सङ्क्रमण गर्दछ । दादुरा रोग सङ्क्रमण भएका व्यक्तिले खोक्दा, हाछिउ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।

ज्वरो आउनु र शरीरमा राता बिमीरा देखापर्नु दादुरा रोगका प्रमुख लक्षण हुन् । यसका साथै रुघाखोकी, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्नेजस्ता लक्षण पनि देखिन सक्ने उनले बताए । रोगीको सम्पर्कमा आएको १०–१२ दिनपछि मात्र दादुराको लक्षण देखापर्ने गर्दछ । सङ्क्रमित व्यक्तिलाई चार दिन अगाडिदेखि र डाबर देखापरेको चार दिनपछिसम्म अर्को व्यक्तिमा सर्न सक्दछ ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?