Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

इच्छाकामनामा दादुराविरुद्धको खोप


२९ वैशाख, चितवन। चितवनको इच्छाकामना गाउँपालिकामा दादुरा रोगविरुद्धको खोप दिन लागिएको छ । गाउँपालिकामा दादुराका बिरामी भेटिएसँगै खोप लगाउने तयारी थालिएको हो । इच्छाकामना गाउँपालिका वडा नं ६ मा दादुरा देखिएको हो ।

स्वास्थ्य कार्यालयका अधिकृत जयराम दुबाडीका अनुसार इच्छाकामना गाउँपालिकामा पाँच वर्ष र १२ वर्षका बालबालिकामा यो रोगको सङ्क्रमण देखिएको हो । सङ्क्रमण देखिएसँगै जेठको पहिलो साता खोप लगाउने तयारी गरिएको उनले जानकारी दिए । पूर्णखोप नलगाएका बालबालिकामा यो रोग देखिएको उनले बताए । उनीहरू जाने बिद्यालय, सम्पर्कमा आउने वा घुलमिल हुने समुदायमा दादुराविरुद्धको खोप लगाउन लागिएको हो ।

इच्छाकामनामा दादुरा रोगको सङ्क्रमण देखिएसँगै कालिका नगरपालिकाको पहाडी क्षेत्रमा समेत जोखिम हुनसक्ने भन्दै उच्च सतर्कताका लागि अध्ययन सुरु गरिएको कार्यालयले जनाएको छ । पिछडिएको र सीमान्तकृत बस्तीमा यो रोग देखिने गरेको छ । दादुरा निकै छिटो सर्ने सरुवा रोग हो । यो रोग सामन्यतया पाँच वर्षमुनिका बालबालिकालाई धेरै लाग्ने गरेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । मिजल्ड भाइरसका कारण सर्ने यो रोगले छिट्टै महामारीको रूप पनि लिनसक्ने उहाँले बताए ।

दादुरा रोग लाग्दा निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले बिरामीको मृत्युसमेत हुनसक्ने कार्यालयले जनाएको छ । यो भाइरस मानिसबाट मानिसमा मात्र सर्दछ । यो भाइरस सङ्क्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रहेर वृद्धि हुने र श्वास नली एवं अरु भित्री अङ्गमा सङ्क्रमण गर्दछ । दादुरा रोग सङ्क्रमण भएका व्यक्तिले खोक्दा, हाछिउ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।

ज्वरो आउनु र शरीरमा राता बिमीरा देखापर्नु दादुरा रोगका प्रमुख लक्षण हुन् । यसका साथै रुघाखोकी, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्नेजस्ता लक्षण पनि देखिन सक्ने उनले बताए । रोगीको सम्पर्कमा आएको १०–१२ दिनपछि मात्र दादुराको लक्षण देखापर्ने गर्दछ । सङ्क्रमित व्यक्तिलाई चार दिन अगाडिदेखि र डाबर देखापरेको चार दिनपछिसम्म अर्को व्यक्तिमा सर्न सक्दछ ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?