Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

कार्यकारी सम्पादक बस्नेतलाई ‘सूर्यभक्त पतना देवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’


२९ वैशाख ,मध्यविन्दु । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक एवम् प्रदेश तथा जिल्ला ब्यूरो प्रमुख सूर्यचन्द्र बस्नेतलाई ‘सूर्यभक्त पतना देवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।

नेपाल प्रेस युनियन नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुर शाखाका अध्यक्ष वीरेन्द्र पराजुलीले कार्यकारी सम्पादक बस्नेतलाई बिहीबार सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए । पुरस्कारको राशि रु २५ हजार रहेको छ । पुरस्कारका लागि छनोट भएका बस्नेतले राष्ट्र पुकार साप्ताहिकबाट पत्रकारिता आरम्भ गरेका हुन् ।

उनि साढे दुई दशकदेखि राससमा आवद्ध छन् । कानुनमा स्नातक र आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर बस्नेतले यसअघि राससको प्रमुख समाचारदाता र सञ्चालक समिति सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् ।

यसैगरी सोही पुरस्कार नेपाल टेलिभिजनका अध्यक्ष एवम् नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय अध्यक्ष समिरजङ्ग शाह, बिबीसी नेपाली सेवाका ईश्वर जोशी र डा भूमिराज चापागाईँलाई समेत प्रदान गरिने प्रेस युनियनका जिल्ला सचिव खगराज सापकोटाले जानकारी दिए ।

पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । प्रजातन्त्र सेनानी एवम् नेपाली कांगे्रसका नेता सूर्यभक्त अधिकारी र उनकी धर्मपत्नी पतना देवी अधिकारीको स्मृतिमा उक्त पुरस्कारको स्थापना गरिएको हो ।

उनका छोरा तथा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले सो पुरस्कार स्थापना गरेका हुन् । आगामी जेठ ५ गते नेपाल प्रेस युनियन नवलपुर जिल्ला शाखाको ११औँ अधिवेशनका अवसरमा उक्त पुरस्कार प्रदान गरिने छ ।

यसअघि सो पुरस्कारबाट नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष किशोर नेपाल, राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षय धर्मेन्द्र झा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सचिव रामजी दाहाल, नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्ले र पूर्व महासचिव पोषण केसीलगायत पत्रकार सम्मानित भइसकेका छन्।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?