Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

असारमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’


२८ वैशाख ,काठमाडौँ । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिको संयुक्त आयोजनामा काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा नेपाल अफ्रिका चलचित्र महोत्सव २०२३ को एघारौँ संस्करण आगामी असार १ देखि ३ गतेसम्म हुने भएको छ ।

प्राकृतिक र सांस्कृतिकरूपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुरा मिल्दाजुल्दा रहेकाले महोत्सव गर्ने गरिएको अध्यक्ष डा मञ्जु मिश्रले जानकारी दिईन् । उनले भनिन्, “हालसम्म २० चलचित्र प्राप्त गरिसकेका छौँ, यो महोत्सवले संस्कृति आदान–प्रदानमा सघाउने विश्वास हामीले लिएका छौँ ।”

चलचित्र सहभागी हुनका लागि जेठको दोस्रो हप्तासम्म समय तोकिएको छ । महोत्सवमा विगतमा झैँ यसपटक पनि बढीमा २५ चलचित्र चयन हुनेछन् । अन्तराष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्र, छोटा चलचित्र, वृत्तचित्र र निर्देशन विधामा प्रतिस्पर्धा हुनेछ ।

सांस्कृतिक झाँक्री, नेपाल र अफ्रिकाको विषयमा अन्तक्र्रिया, छोटा चलचित्रको समस्या र अवस्थालगायत विभिन्न विषयमा छलफल पनि गरिने महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिईन् । विदेश खण्डअन्तर्गत महोत्सवमा चलचित्र, लघुचलचित्र, वृत्तचित्र, एनिमेसन चलचित्र, कार्टुन चलचित्र सहभागी गराइने छ ।“नेपाल खण्डअन्तर्गत खुला प्रतिस्पर्धा र विद्यार्थी चलचित्र प्रतिस्पर्धा गरी दुईवटा समूह रहेको छ”, निर्देशक क्षेत्रीले भनिन् ।

यस्तै खुला प्रतिस्पर्धामा उत्कृष्ट चलचित्र, लघुचलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकार, सम्पादक, लेखकजस्ता विधामा प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?