Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

असारमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’


२८ वैशाख ,काठमाडौँ । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिको संयुक्त आयोजनामा काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा नेपाल अफ्रिका चलचित्र महोत्सव २०२३ को एघारौँ संस्करण आगामी असार १ देखि ३ गतेसम्म हुने भएको छ ।

प्राकृतिक र सांस्कृतिकरूपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुरा मिल्दाजुल्दा रहेकाले महोत्सव गर्ने गरिएको अध्यक्ष डा मञ्जु मिश्रले जानकारी दिईन् । उनले भनिन्, “हालसम्म २० चलचित्र प्राप्त गरिसकेका छौँ, यो महोत्सवले संस्कृति आदान–प्रदानमा सघाउने विश्वास हामीले लिएका छौँ ।”

चलचित्र सहभागी हुनका लागि जेठको दोस्रो हप्तासम्म समय तोकिएको छ । महोत्सवमा विगतमा झैँ यसपटक पनि बढीमा २५ चलचित्र चयन हुनेछन् । अन्तराष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्र, छोटा चलचित्र, वृत्तचित्र र निर्देशन विधामा प्रतिस्पर्धा हुनेछ ।

सांस्कृतिक झाँक्री, नेपाल र अफ्रिकाको विषयमा अन्तक्र्रिया, छोटा चलचित्रको समस्या र अवस्थालगायत विभिन्न विषयमा छलफल पनि गरिने महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिईन् । विदेश खण्डअन्तर्गत महोत्सवमा चलचित्र, लघुचलचित्र, वृत्तचित्र, एनिमेसन चलचित्र, कार्टुन चलचित्र सहभागी गराइने छ ।“नेपाल खण्डअन्तर्गत खुला प्रतिस्पर्धा र विद्यार्थी चलचित्र प्रतिस्पर्धा गरी दुईवटा समूह रहेको छ”, निर्देशक क्षेत्रीले भनिन् ।

यस्तै खुला प्रतिस्पर्धामा उत्कृष्ट चलचित्र, लघुचलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकार, सम्पादक, लेखकजस्ता विधामा प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?