Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार

कारबाहीको माग गर्दै देशभर दबाबमूलक प्रदर्शन


२८ वैशाख ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमाथि कारबाहीको माग गर्दै आज देशभर दबाबमूलक कार्यक्रम गरेको छ ।

पार्टीआबद्ध २२ जनवर्गीय सङ्गठनले सत्य, तथ्य र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी सजायका लागि सबै जिल्ला सदरमुकाममा कार्यक्रम गरेको हो ।

सरकारले कारबाही प्रक्रिया सुरु गरेपछि पारदर्शी छानबिनमा दबाब दिन नागरिक सभा, जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको छ ।

मोर्चा फाँट इञ्चार्ज एवं पार्टी उपमहासचिव डा विजय पौडेलले सरकारले गरेको छानबिनको सराहना गर्दै भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?