Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

स्वदेशमै बस्न प्रेरित गर्ने ‘चाहिँदैन भो पैसाको थुप्रो नी’


अमेरिकामा बसेर लामो समयदेखि गीत सङ्गीतमा सक्रिय गायक सुदन गैरेले नयाँ कोसेली ‘चाहिँदैन भो पैसाको थुप्रो नी’ म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । पैसा कमाउनकै लागि विदेशिनु पर्दैन बरु विदेश जाने खर्चले नेपालमै केही गर्न सकिन्छ भन्ने भाव गीतले व्यक्त गरेको छ । यस गीतमा शब्द गणेश शाहीको रहेको छ भने सङ्गीत गायक गैरेकै छ । गीतलाई पुष्कर सुनुवारले सङ्गीत संयोजन गर्नुभएको हो ।

‘चाहिँदैन भो पैसा थुप्रो नी, दरबारै लाग्छ यो सानो झुप्रो नी’, ‘बोकौँला भारी ढाडैमा, तिमी चाहिँ हुनु आडैमा, मेटौँला बरु भोकपनि एक छाक माडैमा’, ‘निदाउँला तिम्रो काखैमा, नराख पाखैमा, कटाउँला बरु रात हेरेर आँखैमा’, ‘नजाऊ छोड परदेश, जो छ खाउँला स्वदेशमा’ लगायत गीत म्युजिक भिडियोमा समावेश गरिएका छन् । म्युजिक भिडियोमा दुई युवा दम्पतीको जीवन सङ्घर्षलाई प्रस्तुत गरिएको छ । श्रीमान्लाई स्वदेशमै छोडेर श्रीमती वैदेशिक रोजगारका लागि जान तयार भएपछिको अवस्थालाई गीतमा प्रस्तुत गरिएको छ ।

भिडियोमा बिना राउत र सरोज प्रजाको बेजोडको अभिनय हेर्न सकिन्छ । फराज अर्पणले छायाङ्कन र सम्पादन गरेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो ।


प्रकाशित मिति: ५ माघ २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?