Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

स्वदेशमै बस्न प्रेरित गर्ने ‘चाहिँदैन भो पैसाको थुप्रो नी’


अमेरिकामा बसेर लामो समयदेखि गीत सङ्गीतमा सक्रिय गायक सुदन गैरेले नयाँ कोसेली ‘चाहिँदैन भो पैसाको थुप्रो नी’ म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । पैसा कमाउनकै लागि विदेशिनु पर्दैन बरु विदेश जाने खर्चले नेपालमै केही गर्न सकिन्छ भन्ने भाव गीतले व्यक्त गरेको छ । यस गीतमा शब्द गणेश शाहीको रहेको छ भने सङ्गीत गायक गैरेकै छ । गीतलाई पुष्कर सुनुवारले सङ्गीत संयोजन गर्नुभएको हो ।

‘चाहिँदैन भो पैसा थुप्रो नी, दरबारै लाग्छ यो सानो झुप्रो नी’, ‘बोकौँला भारी ढाडैमा, तिमी चाहिँ हुनु आडैमा, मेटौँला बरु भोकपनि एक छाक माडैमा’, ‘निदाउँला तिम्रो काखैमा, नराख पाखैमा, कटाउँला बरु रात हेरेर आँखैमा’, ‘नजाऊ छोड परदेश, जो छ खाउँला स्वदेशमा’ लगायत गीत म्युजिक भिडियोमा समावेश गरिएका छन् । म्युजिक भिडियोमा दुई युवा दम्पतीको जीवन सङ्घर्षलाई प्रस्तुत गरिएको छ । श्रीमान्लाई स्वदेशमै छोडेर श्रीमती वैदेशिक रोजगारका लागि जान तयार भएपछिको अवस्थालाई गीतमा प्रस्तुत गरिएको छ ।

भिडियोमा बिना राउत र सरोज प्रजाको बेजोडको अभिनय हेर्न सकिन्छ । फराज अर्पणले छायाङ्कन र सम्पादन गरेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो ।


प्रकाशित मिति: ५ माघ २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?