Trending
>>   टेलिकमको अवरुद्ध सेवा सञ्चालन >>   खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन >>   भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण >>   मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छौं : मन्त्री पाण्डे >>   दुर्गा प्रसाईकाे नयाँ महाअभियान ‘फस्ट नेपाल,फस्ट नेपाली’ >>   सञ्चालनमा ल्याएको तीन महिना नबित्दै अनिश्चितकालका लागि धरहरा बन्द ! >>   उपनिर्वाचनका लागि मनोनयन दर्ता थालियाे >>   नेपाल टेलिकमको सेवामा पटक-पटक समस्याः फोन नलाग्ने र एसमएम नगएर सेवाग्राही मर्कामा ! >>   उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू: सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ ! >>   संघीयताले आर्थिक केन्द्रहरु बिस्तार भए: अर्थमन्त्री पौडेल
Logo
२ मंसिर २०८१, आईतवार
२ मंसिर २०८१, आईतवार

शरणार्थी प्रकरणका दोषी कोही पनि नछुटुन : गगन थापा


२७ वैशाख ,काठमाडौँ । सांसद गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न जो सुकैलाई कडा कारबाही हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले सो प्रकरणमा संलग्न व्यक्ति जुनसुकै दल र ओहोदाको भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताए ।

बजारको हल्ला र राजनीतिक भेटघाटबाट अनुसन्धान प्रभावित नहोस् भन्दै उनले भने, “अनुसन्धान कहीँकतैबाट प्रभावित नहोस्, निष्पक्ष र स्वतन्त्र होस्, निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस् ।”

नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने मात्र सुशासनको नारा लगाउन सक्ने उनको भनाइ छ । अहिलेको अनुसन्धान प्रक्रियालाई सबैले गहिरोसँग हेरेको जनाउँदै उनले अनुसन्धान निष्पक्ष र स्वतन्त्र भइरहेको छ भन्ने नागरिकलाई विश्वास हुनुपर्ने बताए ।

सांसद थापाले नेपालको अर्थतन्त्रको संरचनात्मक समस्याका कारण केही शिथिलता देखिएको उल्लेख गर्दै राजनीतिक दलले कमजोरी गर्दा अर्थतन्त्र आजको अवस्थामा पुगको बताए । “कतिपय नीतिहरु सही भएका छैनन्, केही ठीक काम पनि भएका छन्, ठीक काम गरेकोमा गौरव गरौँ, त्यसको स्वामित्व लिऊ, गलत केही भएका छन् भने त्यसलाई स्वीकर गरौँ र सच्याऔँ”, उनले भने ।

सबैबाट कहीँ न कहीँ कामजोरी भएको छ भनेर कठोर कदम उठाउनुपर्नेमा जोड दिँदै उनले आगामी वर्षको बजेटबाट जनतामा विश्वास कायम गर्न सुझाव दिए । “सरकारले सुशासन ल्याउँदै छ भन्ने स्थापित गर्न सक्यौँ भने राजनीतिक पुँजी बढ्छ । राजनीतिक पुँजी बढ्यो भने अर्को वर्ष दह्रोसँग कदम चाल्न सकिन्छ र संरचनात्मक समस्या हल गर्ने बाटोमा जान सकिन्छ”, उनले भने ।

बजेटमा व्यवस्था भएका विषय कार्यान्वयन नहुँदा बजेटले लिएको उद्देश्य पूरा हुन नसकेको उनले बताए । सांसद थापाले बजेट प्रस्तुत गर्नुभन्दा केही महिना अगाडि नै बजेटको सिद्धान्त र प्रातामाथि छलफल गर्ने गरी बजेट कार्यतालिका बनाउनुपर्ने बताए ।


प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?