Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

‘ए’ डिभिजन लिग फुटबल


२६ वैशाख ,काठमाडौँ । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा सङ्कटा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा सङ्कटाले सातदोबाटोलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

सङ्कटाको जितमा दुवै गोल युसेफ एट्रिसले गरे । उनले खेलको १४औँ मिनेटमा पहिलो गोल गरे । यस्तै खेलको २६औँ मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै सङ्कटालाई जित दिलाए ।

यस जितसँगै १६ खेलमा २० अङ्क जोडेको सङ्कटा अङ्कतालिकाको नवौँ स्थानमा उक्लिएको छ । समान खेल खेलेको सातदोबाटो २३ अङ्कका साथ अङ्कतालिकाको पाँचौँ स्थानमा छ ।

यसैगरी दशरथ रङ्गशालामा आजै भएको अर्को खेलमा थ्री स्टार क्लबले न्युरोड टिम (एनआरटी) सँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ ।

यस खेलसँगै थ्री स्टार दोस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारको १६ खेलमा २५ अङ्क छ । यस्तै एनआरटी १६ खेलमा १८ अङ्क जोड्दै १२ औँ स्थानमा छ ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?