Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

एमाले सचिवालय बैठकद्वारा एजेण्डा तय


२६ वैशाख ,काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठकले आगामी बस्ने केन्द्रीय कमिटीको एजेण्डा तय गरेको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको आज बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने एजेण्डा तय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार सचिवालय बैठकले आगामी केन्द्रीय कमिटी बैठकका लागि १० वटा एजेण्डा तय गरेको छ । उनले केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने एजेण्डासमेत तय गरिएको बताए ।

“२०७९ भदौ १० र ११ गते सम्पन्न भएको केन्द्रीय कमिटी बैठकयता धेरै राजनीतिक परिवर्तन भएको छ सो सम्बन्धमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन तयार गरी अबको बैठकमा पेश गर्नुहुन्छ”, उनले भने ।

यस्तै बैठकले चौथो केन्द्रीय कमिटी बैठकपछि भएका सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयको जानकारी र अनुमोदन गराउने एजेण्डा समेत रहेको छ । “चौथो केन्द्रीय कमिटीपछि पार्टीका धेरै सचिवालय र स्थायी कमिटी बैठक बसेका छन् । त्यसका निर्णयको अनुमोदन गराउने एजेण्डा रहेको छ”, उनले भने ।

यसैगरी अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग र केन्द्रीय सल्लाहाकार परिषद्ले केन्द्रीय कमिटी बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछन् । यस्तै केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षासमेत हुने प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।

मिसन ग्रासरुट अभियानको सातवटै भौगोलिक र दुई वटा गैरभौगोलिक प्रदेशको समीक्षा प्रतिवेदन सम्बन्धित प्रदेशमा खटिएका पार्टीका सचिवले पेश गर्ने उनले बताए । समीक्षा प्रतिवेदन गरिसकेपछि केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुटबारे छलफल गरिनेछ ।

मिसन ग्रासरुट अभियानलाई आधार मानेर पार्टीले वार्षिक कार्ययोजना बनाउने उनको भनाइ रहेको थियो । यस्तै पार्टीले केन्द्रीय सदस्यलाई आफ्नो ठाउँभन्दा अर्को ठाउँमा वर्षमा एकपटक खटाउने निर्णयसमेत गरेको छ ।

बैठकले पार्टीले नवप्रवेशीलाई व्यवस्थापन गर्न सम्बन्धमा र समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल गर्नेसमेत एजेण्डा रहेको उनले बताए । उनले एमाले कानुन पालना मान्ने पार्टीले सचिव टोपबहादुर रायमाझीमाथि लागेका आरोपमाथि अनुसन्धान गर्न सम्बन्धित निकायलाई सहयोग गर्ने बताए ।

एमालेको आगामी केन्द्रीय कमिटी बैठक वैशाख २८ गतेदेखि ३० गते काठमाडौँमा बस्दैछ ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?