Trending
>>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

मन्त्रिपरिषद् निर्णय : झिटिगुन्टासम्बन्धी नियमावली संशोधन हुने


२६ वैशाख ,काठमाडौँ । सरकारले सहकारी क्षेत्रको समग्र सुधारका निम्ति कार्यदल गठन गरेको छ । त्यसैगरी सरकारले नेपाल कृषि वन सेवा समीकरणको सचिव पदमा रेवतीरमण पौडेललाई बढुवा गर्नुका साथै झिटिगुन्टासम्बन्धी नियमावलीलाई संशोधन गर्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कोहलपुर वितरणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने भन्ने निर्णय गरिएको बताए ।

उनले भने, “ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा ढल्केबर–वाणगङ्गा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने भन्ने निर्णय भएको छ ।”

मन्त्रिपरिषद्को बैठकले कोहलपुर वितरण केन्द्रका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक कारबाही चलाउनको निम्ति सम्बन्धित प्रशासकीय अधिकृत अधिकारीलाई तोक्ने पनि निर्णय गरेको छ ।

“प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा इसमिट बोर्ड अफ गभर्नमेन्स मिटिङमा सहभागी हुनका लागि योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने पनि निर्णय भएको छ”, उनले भने ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?