Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

दक्षिण अफगानिस्तानमा मोर्टार खानी विस्फोट हुँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु


२६ वैशाख, एजेन्सी । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सोमबार एक मोर्टार खानी पड्किँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता हाफिज साबेरले मङ्गलबार बताएका छन् ।

विगतका लडाइँबाट बाँकी रहेको मोर्टार खानी सोमबार साँझ कान्दाहार शहरको हाजी अजिज क्षेत्रमा बालबालिकाले फेला पारेको त्यसलाई खेल्न थाले तर अचानक विस्फोट भयो र तीन जनाको घटनास्थलमै मृत्यु भयो, अधिकारीले भने ।

गत हप्ता अफगानिस्तानको पूर्वीलोगार प्रान्तमा यस्तै दुर्घटनामा एक व्यक्तिको ज्यान गएको थियो ।

अफगानिस्तान विश्वको सबैभन्दा धेरै खानी प्रदूषित देशमध्ये एक हो किनकि विगत चार दशकको युद्ध र गृह द्वन्द्वबाट बाँकी रहेका विस्फोटन नगरिएका उपकरणको विस्फोटका कारण प्रत्येक महिना दर्जनौँ मानिस, प्रायःबालबालिका मारिने र अपाङ्ग हुने गरेका छन् ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?