Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

दक्षिण अफगानिस्तानमा मोर्टार खानी विस्फोट हुँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु


२६ वैशाख, एजेन्सी । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सोमबार एक मोर्टार खानी पड्किँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता हाफिज साबेरले मङ्गलबार बताएका छन् ।

विगतका लडाइँबाट बाँकी रहेको मोर्टार खानी सोमबार साँझ कान्दाहार शहरको हाजी अजिज क्षेत्रमा बालबालिकाले फेला पारेको त्यसलाई खेल्न थाले तर अचानक विस्फोट भयो र तीन जनाको घटनास्थलमै मृत्यु भयो, अधिकारीले भने ।

गत हप्ता अफगानिस्तानको पूर्वीलोगार प्रान्तमा यस्तै दुर्घटनामा एक व्यक्तिको ज्यान गएको थियो ।

अफगानिस्तान विश्वको सबैभन्दा धेरै खानी प्रदूषित देशमध्ये एक हो किनकि विगत चार दशकको युद्ध र गृह द्वन्द्वबाट बाँकी रहेका विस्फोटन नगरिएका उपकरणको विस्फोटका कारण प्रत्येक महिना दर्जनौँ मानिस, प्रायःबालबालिका मारिने र अपाङ्ग हुने गरेका छन् ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?