Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

अडियोको कुरा वाइयात हो, यो काण्ड हुँदा म जापानमा थिएँ : आरजु राणा


२६ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेसकी नेत्री एवम् प्रतिनिधिसभा सांसद डा. आरजु राणा देउवाले भुटानी शरणार्थी सम्बन्धको अडियोबारे सत्य, तथ्य बाहिर आउने बताएकी छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग बोल्दै उनले आफू एक ठूला नेताको श्रीमती भएको र कसैको पक्षमा बोल्दा कसैलाई चित्त दुख्न सक्ने कुरा स्वाभाविक रहेको बताइन् ।

उनले भनिन्, “म ठूलो नेताको श्रीमती, पार्टीभित्र श्रीमान्, श्रीमतीको कुरा हुन्छ । कसैको लागि लवी गर्दा कसैको चित्त दुख्छ होला, त्यसको पनि यो उपज हो र यो दुई, तीन अगाडि बनाएको अडियो हो ।”

सांसद देउवाले यस विषयलाई एकदमै नजिकबाट नियालेको पनि बताइन् ।

“अब यो रियल कसरी हो र यो अडियोको सत्य, तथ्य बाहिर आउँला । जब यो काण्ड भयो, त्यस अवधिको सात महिना त म जापानमा थिएँ । यो सबै वाइयात कुरा हो । यसमा मेरो भन्नु केही छैन ।”, डा. देउवाले भनिन् ।

उनले भुटानी शरणार्थीको प्रकरण राष्ट्रिय मात्रै नभई अन्तर्राष्ट्रिय मुद्दासमेत भएको उनको भनाइ छ । उनले भनिन्, “मैले एकदम नजिकबाट नियालेको छु । यो चाहिँ नेशनल इस्यु मात्रै होइन, इन्टरनेशनल इस्यु हो । जसले जालमा फसाउन खोजेको छ, आफैँ फस्ने वाला छ ।”

केही ठूला दलको पनि नाम जोडिएको जिज्ञासामा उहाँले मानव बेचबिखनको विषय सबैभन्दा ठूलो अपराध भएकाले यो विषय लुकाउन नसकिने स्पष्ट पारिन् ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?