Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

अडियोको कुरा वाइयात हो, यो काण्ड हुँदा म जापानमा थिएँ : आरजु राणा


२६ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेसकी नेत्री एवम् प्रतिनिधिसभा सांसद डा. आरजु राणा देउवाले भुटानी शरणार्थी सम्बन्धको अडियोबारे सत्य, तथ्य बाहिर आउने बताएकी छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग बोल्दै उनले आफू एक ठूला नेताको श्रीमती भएको र कसैको पक्षमा बोल्दा कसैलाई चित्त दुख्न सक्ने कुरा स्वाभाविक रहेको बताइन् ।

उनले भनिन्, “म ठूलो नेताको श्रीमती, पार्टीभित्र श्रीमान्, श्रीमतीको कुरा हुन्छ । कसैको लागि लवी गर्दा कसैको चित्त दुख्छ होला, त्यसको पनि यो उपज हो र यो दुई, तीन अगाडि बनाएको अडियो हो ।”

सांसद देउवाले यस विषयलाई एकदमै नजिकबाट नियालेको पनि बताइन् ।

“अब यो रियल कसरी हो र यो अडियोको सत्य, तथ्य बाहिर आउँला । जब यो काण्ड भयो, त्यस अवधिको सात महिना त म जापानमा थिएँ । यो सबै वाइयात कुरा हो । यसमा मेरो भन्नु केही छैन ।”, डा. देउवाले भनिन् ।

उनले भुटानी शरणार्थीको प्रकरण राष्ट्रिय मात्रै नभई अन्तर्राष्ट्रिय मुद्दासमेत भएको उनको भनाइ छ । उनले भनिन्, “मैले एकदम नजिकबाट नियालेको छु । यो चाहिँ नेशनल इस्यु मात्रै होइन, इन्टरनेशनल इस्यु हो । जसले जालमा फसाउन खोजेको छ, आफैँ फस्ने वाला छ ।”

केही ठूला दलको पनि नाम जोडिएको जिज्ञासामा उहाँले मानव बेचबिखनको विषय सबैभन्दा ठूलो अपराध भएकाले यो विषय लुकाउन नसकिने स्पष्ट पारिन् ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?