Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बाँके र बर्दियामा थालसेमियाका बिरामीको पहिचान खुल्दै


२६ वैशाख, बाँके । बाँके र बर्दियामा थालसेमियाका बिरामीको पहिचान खुल्न थालेको छ ।

बाँके र बर्दियाका विभिन्न स्थानीय तहले यसको जाँच सुरु गरेपछि थालसेमियाका बिरामीको पहिचान खुल्न थालेको भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले जानकारी दिए ।

जिल्लाको कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका र बर्दियाको बारबर्दिया नगरपालिका र राजापुर नगरपालिकामा स्क्रिनिङ परीक्षणपछि बिरामीको पहिचान भएकाले थालसेमियाका बिरामीको सङ्ख्यासमेत बढ्न थालेको फिजिसियन डा पाण्डे बताउँछन् । उहाँले थालसेमिया र सिकलसेल एनिमिया एउटा सिक्काको दुई पाटा भएको उल्लेख गर्दै केही वर्षयतादेखि भेरी अस्पतालमा निःशुल्क परीक्षण भइरहेको बताए ।

भेरी अस्पताल नेपालगन्जमा अहिले दैनिक थालसेमियाका बिरामी आउने गरेका छन् । उनीहरूमा जन्डिस, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या आउनेलगायतका लक्षण देखिएको भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केत रिसालले बताए ।

थालसेमिया रोगका लागि रगत विशेषज्ञ नभएको उल्लेख गर्दै उहाँले फिजिसियन चिकित्सकले बिरामी हेरिरहेको बताउनुभयो । थालसेमिया सिकलसेलजस्तै रगतसँग सम्बन्धित रोग हो । सरकारले सिकलसेललाई जनस्वास्थ्यको समस्याका रूपमा परिभाषा गर्दै रु एक लाखसम्मको औषधि निःशुल्क प्रदान गर्दै आएको छ । तर थालसेमियाका बिरामीले सो सुविधा पाएका छैनन् ।

थालसेमियाका बिरामीको उपचारमा संलग्न नवजात शिशु तथा बालरोग विशेषज्ञ डा रोमा बोराले पछिल्लो समय बालबालिकामा रगतको कमी हुने थालसेमियाजस्तो रक्तअल्पताको समस्या लिएर बिरामी आउने गरेको बताए ।

उनले अहिले करिब ६५ जना थालसेमियाबाट पीडित बालबालिका उपचारका लागि आएको र यीमध्ये करिब १४ जना नेपालगन्जका विभिन्न समुदायका रहेको जानकारी दिए । सो रोगका ८० प्रतिशत बिरामी थारू समुदायको र २० प्रतिशत अन्य समुदायको रहेको बताइएको छ । त्यसमा थारू, मुस्लिम, जनजाति, मधेसी सुमदायका रहेका छन् ।

नेपालगन्जमा निजी क्षेत्रबाट सञ्चालित कान्ति आरोग्य अस्पतालमा आउने थाल्सेमियाका बिरामीलाई बेड चार्जदेखि चिकित्सकको शुल्क र कुरुवा बस्ने सुविधा निःशुल्करूपले उपलब्ध गराएको छ । बर्दियाका फकिरे थारूले थालसेमियका बिरामीलाई राज्यले निःशुल्क औषधि तथा उपचारको प्रबन्ध गर्न माग गर्दै रगत अभाव हुँदा खोज्न, आइरन जाँच गर्न समस्या भोगेको बताए ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?