Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

डुङ्गा डुब्दा कम्तीमा २२ जनाको मृत्यु


२६ वैशाख, एजेन्सी । भारतमा एउटा पर्यटक डुङ्गा डुब्दा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् ।

दक्षिणी राज्य केरलाको मालापुरम जिल्लामा कम्तीमा ३० जना यात्रु बोकेको डबल डेकर डुङ्गा दुर्घटनाको थप कारण स्पष्ट हुन सकेको छैन ।

दर्जनौं मानिसहरूले रातभर आंशिक रूपमा डुबेको डुङ्गा र वरपर बाँचेकाहरूको खोजी शुरू गरेका र खोजी सोमबारसम्म जारी राखिएको थियो ।

एक प्रहरी अधिकारीले एएफपीलाई दिएको जानकारी अनुसार अहिलेसम्म १५ महिला र सात पुरुष गरी २२ जनाको शव निकालिएको छ । छ जनालाई उपचारका लागि अस्पतालमा लगिएको छ । उद्धार कार्य जारी छ ।

स्थानीय प्रकाशन ओन्मानोरमाका अनुसार दुर्घटनामा तीन बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको छ ।

पति र छोरीसँगै डुङ्गामा रहेकी रजिसाले डुङ्गामा सवार अधिकांश यात्रु बालबालिका रहेको र यात्राका क्रममा डुङ्गाबाट धुवाँ निस्केको बताए ।

डुङ्गामा ठोक्किएर घाँटीमा चोट लागेकी रजिसाले भने, “हामी लाइफ ज्याकेट लगाएका कारण मात्र बाँच्न सफल भयौं ।”

उनले आफू र आफ्नो परिवारका लागि तीनवटा लाइफ ज्याकेट ल्याइएको र डुङ्गाको माथिल्लो डेकमा रहेका बालबालिकालाई चारवटा ज्याकेट दिइएको बताए ।

उनले ओन्मानोरलाई दिएको जानकारीमा भने, “डुङ्गा यात्रामा निस्केको केही समयपछि डुबेको थियो । डुङ्गा डगमगाउन थालेपछि सबैजना एकछेउमा जम्मा भए अनि डुङ्गाबाट मानिस पानीमा खसे ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?